‘इनफ इज इनफ’को अनशन स्थलमा ऐक्यवद्धता जनाउन कांग्रेस सभापति देउवा जाँदै

‘इनफ इज इनफ’का अभियन्ताहरुको अनशन स्थलमा ऐक्यवद्धता जनाउन नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा बसन्तुर जाने भएका छन्। सरकारले कोरोना भाइरस (कोभिड–१९) को उपचार र परीक्षणलाई व्यवस्थित गर्न नसकेको भन्दै बिगत १५ दिन दिनदेखि अभियन्ताहरु आमरण अनसनमा बसिरहका छन्।

कांग्रेस सभापति देउवा आज अपरान्ह ४ बजे अनशन स्थल बसन्तपुर जाने अभियन्ता आलोक सुवेदीले बताए। सुक्रबार समेत बालुवाटार घेराउ गर्न पुगेका अभियन्यताहरुलाई प्रहरीले धरपकट तथा दमन गरेको भन्दै बिरोध भएको थियो।

प्रतिक्रिया दिनुहोस