अपरेटर भिजन कर्पोरेशन नेपालले गुरुङको १० लाख क्षतिपूर्तिमा ४० हजार थप्यो

काठमाडौ :- ताप्लेजुङ  दोभान- ओलाङ्चुङ्गोला तिब्बत नाका जोडिने सडक बिस्तार गर्ने क्रममा २०७६ चैत २३ गते ताप्लेजुङको फत्ताङ्लुङ गा.पा ६ लेलेपमा ज्यान गुमाउन पुगेका इच्छाकामना गाउपालिका ३ चितवनका २७ वर्षीय एक्सावेटर अपरेटर चित्रकुमार गुरुङको परिवारले ताप्लेजुङका साइड ठेकेदार पेम्वा शेर्पा बाट रु ४ लाख, गुरुङ कार्यरत सेर कन्ट्रक्सनको मालिक सेर बहादुर कुंवर बाट रु १ लाख इन्स्योरेन्स बाट रु ५  लाख  गरि जम्मा रु१० लाख पाएका हुन।

यसै दिन अपरेटर भिजन कर्पोरेसन नेपालले जिल्ला प्रशासन कार्यलय भक्तपुर पुगेर आफ्नो इमान्दार, कर्तव्यनिष्ठ र सहयोगी मिलनसार सहकर्मी गुमाएको मा दुख व्यक्त गर्दै सहयोगी अपरेटर बाट आएको ४० हजार सहयोग हस्तान्तरण थियो।

लक डाउनको कारण दुर्घटना भएको ४ महिना ७ दिन पछि मात्रै उक्त क्षतिपूर्तिको सुनुवाइ भएको हो।

अपरेटर हरुको हितमा काम गरिरहेको संस्था अपरेटर्स भिजन कर्पोरेशन नेपालले सहयोगी अपरेटर हरु बाट संकलन गरेर जम्म भैसकेको रकम पनि मृतक गुरुङको श्रीमतीलाई ४० हजार रुपैयाँको चेक दिएर सहयोग गरेको छ।

“अपरेटर भिजन कर्पोरेशन नेपालको अध्यक्ष टि बी विश्वकर्मा ‘हिमाल’  कोषाध्यक्ष  सानुु प्रजा सचिव होम गुरुुङ सँजिव कार्की अपरेेटर भिजन कर्पोरेशन सिन्धुली संयोजक सन्तोष श्रेष्ठ, अपरेटर्स भिजन कर्पोरेशन रामेछाप संयोजक भुवन ब्रो र सचिव कुमार वन सहित नुवाकोट र अन्य जिल्लाको प्रतिनिधिको संयुक्त सहभागीतामा गुरुङका आफन्त बुवा भाइ र श्रीमती र नावालक छोरा अनि बिशिस्ट ब्याक्तित्व तथा युवा नेता प्रताप गुरुङ लाई हस्तान्तरण गरिएको थियो।

अपरेटर भिजन कर्पोरेशन नेपालले गुरुङको नाउमा अझै सहयोग गर्ने र छोराको उच्च शिक्षा सम्मको पठाइ खर्च मा समेत प्रत्यक्ष हेरचाह गर्न तयार रहेको कर्पोरेसनका अध्यक्ष हिमालले बताउनु भयो।

प्रतिक्रिया दिनुहोस