नाराणघाट–मुग्लिङ सडकखण्डमा गाडी गुडाउँदा शुल्क लाग्ने

मुग्लिङ सडक खण्डमा गाडी गुडाउँदा शुल्क लाग्ने भएको छ।

सडक मर्मत दस्तुर शीर्षकमा प्रतिटिप हलुका सवारीको लागि २५ रुपैयाँ र हेभी साधनको लागि ५५ रुपैयाँ लाग्ने भएको हो।

मन्त्रिपरिषद्को १२ गतेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस