नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायत

काठमाडौं :-  नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कुवेर कडायतलाई तोकिएको छ ।

प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई आजबाट प्रवक्ताको जिम्मेवारी तोकिएको हो ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरुमा सम्प्रेषण गर्नका लागि प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको उक्त सचिवालयले आज जनाएको छ ।

यसअघिका प्रवक्ता निरज शाही अतिरिक्त महानिरीक्षक ‘एआईजी’ मा बढुवा भएपछि प्रधान कार्यालयले नयाँ प्रवक्ता तोकेको हो ।

प्रहरी प्रवक्ता डीआईजी हुने भएपनि तीन डीआईजी रिक्त रहेकाले बढुवा नहुन्जेल कडायतले प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कडायतलाई मोबाइल नम्बर ९८५१२-९२१११ र ईमेल ठेगाना spokesperson@nepalpolice.gov.np मा सम्पर्क गर्न सकिने छ ।

प्रतिक्रिया दिनुहोस