कोभिड महामारीमा दाङमा शिक्षण सिकाइका अभ्यास विषयमा भर्चुअल संवाद सम्पन्न

दाङ :- शिक्षाका लागी रास्ट्रीय अभियान जिल्ला शाखा दाङको आयोजनामा कोभिड १९ को संकटका बेला दाङमा शिक्षण सिकाइका अभ्यास बिसयमा भर्चुअल संवाद सम्पन्न भएको छ । संवादमा शिक्षा क्षेत्रका दिग्गज ब्यक्तित्वहरुको सहभागीता रहेको थियोे ।

सो संवाद कार्यक्रममा , शिक्षा ईकाई प्रमुख दाङका देवमणी चौधरीले कोरोना महामारीका बिचमा पनि संचार माध्यमले शिक्षन सिकाईमा अहम भुमिका खेलेको र स्थिति सामान्य नहुदा सम्म रेडियो , टेलिभिजन, अनलाइन बाट पढाउने कार्य जारी राख्नुपर्ने बताउनुभयो ।

यस्तै प्याब्सनका केन्द्रिय सदस्य यादव गिरिले अब बिस्तारै बिद्यालय खुलाउन तर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाले बैकल्पिक विधि सबै वर्गका विद्यार्थीलाई छुन नसकेको र प्रभावकारी नभएको दावी गर्नुभयो ।

एन प्याब्सनका अध्यक्ष बिमल गौतमले पनि सुरक्षा मापदण्ड अपनाएर शिक्षण संस्था सुचारु गर्नुपर्ने सरकार संग माग गर्नुभयो ।

कार्यक्रममा प्याब्सनका दाङका बरिस्ठ उपाध्यक्ष मधु सुदन के.सी, मावी शिव सुन्दरपुरका प्राचार्य निम बहादुर के.सी, पत्रकार गोपाल शर्मा भट्टराई लगायतले आफ्नो बिचार राख्नुभएको थियो । कार्यक्रमको सहजीकरण बरिस्ठ पत्रकार अर्जुन गिरीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस