रिपोर्टस क्लब को आयोजनामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

रिपोर्टस क्लब दाङ शाखाको आयोजनामा आज तुलसीपुरमा स्वागत तथा सम्मान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा ५ नम्बर प्रदेश सभा सदस्य शंकर गिरिलाई नेपाली कङग्रेसका केन्द्रिय सदस्य एवं पुर्व सिचाइ मन्त्री दिपक गिरिले खादा ओढाएर सम्मान गर्नु भएको हो ।

उक्त कार्यक्रममा ५ नम्बर प्रदेश सभा सदस्य शंकर गिरिले कङग्रेस अहिले प्रतिपक्षीको भुमिकामा रहेको भए पनि देश कहालीलाग्दो लाग्दो अवस्थामा जादै गर्दा आफू हरु टुलुटुलु हेरेर नबस्ने बताउनु भयो । विश्वव्यापी रुपमा कोरोनाले आक्रान्त पारेको अवस्थामा पनि सरकार सिहासन जोगाउने दाउमा रहेको उहाको भनाइ छ । अन्य कुराहरु सङै स्वस्थ लाई पनि अहिले प्राथमिकतामा राख्नु पर्ने उहाको तर्क छ ।

कोरोनाले भयावह अवस्था सृजना गरि रहदा पनि सरकारले कर असुली गर्नका निम्ति,अर्थतन्त्र जोगाउन निम्ति लकडाउन खुलाएको उहाले बताउनु भयो ।

प्रधानमन्त्री केपि ओलिको कोरोनालाई बेसार पानी ले निको पार्छ भन्ने गलत रहेको र बेसार पानी ले नै ठिक हुने भए किन अर्बौं खर्च गर्नु पर्छ उहाले भन्नुभयो।

मुख्यमन्त्री शंकर पोखरेल ले ७ प्रदेश मध्य ५ नम्बर प्रदेशमा सबै बेवस्था राम्रो छ भन्नू गलत भएको समेत उहाले बताउनु भयो । कोरोना संक्रमण घटेको भए मात्र बिश्वास गरिने थियो तर अब गर्दैनौ उहाले भन्नू भयो ।

साथै नेपाली कङग्रेसलाई अब कुनै पनि शक्तिले विकास निर्माण नरोक्ने जिकिर गर्नु भयो । १२ जिल्ला को मतलाई आफुले सम्मान गरेर अभिभावकको भुमिका निर्वाह गर्ने बताउनु भयो ।

यस्तै कार्यक्रमका प्रमुख अतिथि रहनु भएका नेपाली कङग्रेसका केन्द्रिय सदस्य दिपक गिरिले अहिले मुलुक हरेक कोणबाट समस्यामा परेको बताउनु भयो । उहाले नेपाली जनतालाइ खेलपुर्ण नाटकीय ढंगले फसाउन खोजेको बताउनु भयो । नेपाली कङग्रेसलाई सरकारमा जो भए पनि कुनै वास्ता नभएको तर सरकारमा भएर जनता झुक्याउने प्रयास नगर्न उहाले सुझाउनु भयो ।
पश्चिमि जनताको अमुल्य मत लिएर गएको तर आफ्नो सिचाइ मन्त्री को कार्यकाल लामो नहुदा नहुदै पनि सिचाइमा मात्र नभइ अन्य विकासका काम समेत आफू अहम् भुमिका निर्वाह गरेको बताउनु भयो ।

नेपाली कङग्रेस नक्कलि कुरा गर्न नजान्ने र शिधा कुरा गर्ने पार्टी भएको जिकिर गर्नु भयो । यहाँ नक्कली राष्ट्रियताका कुराहरु गर्ने धेरै भएकाले जनतालाई सचेत रहन समेत आग्रह गर्नु भयो ।

अहिले नेपाली कङग्रेस तर्फ अन्य पार्टीको आकर्षण भएको र दाङ्गमा पनि कङग्रेसमा प्रवेश गर्न ठूलो झुन्ड आतुर रहेको बताउनु भयो ।

नेपाली कङग्रेसमा लागेर गर्छु भन्ने पार्टीले सधै साथ दिने उहाको भनाइ छ । तिहार पछि सबैसंग छलफल गरेर काठमाडौ बाटै आउदो उम्मेदवारीको घोषणा गर्ने र सह- महामन्त्रीमा पनि हुने सक्ने उहाले बताउनु भयो ।

आस्थाका आधारमा कसैलाइ दुख नदिने र अहिले आफुहरु शान्तिपुर्ण शैलीमा रहेको तर शान्त नरहेको बताउनु भयो ।
देश लुट्नकै लागि गठबन्धन गरेर नेपाली जनतालाइ मार पारेको उहाले प्रकाश पार्नु भयो ।

रिपोर्टस क्लब दाङका अध्यक्ष सरद रेग्मीको अध्यक्षता एवं स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजीकरण बिमल गौतमले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस