एसिड आक्रमणमा परेकी युवतीलाई अनेरास्ववियूले गर्यो सहयोग

काठमाडौं :- सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूको केन्द्रीय टोलीले हालै एसिड प्रहार गरिएकी ओखलढुङ्गाकी २२ वर्षीया युवती पवित्रा कार्कीलाई भेटेर स्वास्थ अवस्था बुझेको छ ।

कीर्तिपुरस्थित कीर्तिपुर अस्पतालमा उपचाररत कार्कीलाई भेटेर अपराधीलाई हदैसम्मको कार्वाहीको माग गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । तामाङले एसिड प्रहार गर्ने अपराधीलाई ऐन संशोधन गरेर हदैसम्मको कारबाही गर्नुपर्ने बताए ।

आज पीडित युवतीलाई भेट्न तामाङ सहित अनेरास्ववियूका नेताहरु सुदेश पराजुली, सुरेन्द्र बस्नेत, तिलकराज भण्डारी र मेघनाथ चापागाईं कीर्तिपुर अस्पताल पुगेका थिए ।

पीडितलाई रु १० हजार नगद राहत समेत उपलब्ध गराइएको अनेरास्ववियू नेता सुरेन्द्र बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस