शिक्षा क्षेत्रलाई सामान्य बनाउन भर्चुअल संवाद

काठमाडौं :-  शिक्षाका लागी रास्ट्रीय अभियान जिल्ला शाखा दाङको आयोजना बैकल्पिक शिक्षण पहल , उपलब्धि र चुनौती विषयमा भर्चुअल संवाद सम्पन्न भएको छ । संवादमा तुलसीपुर क्षेत्रका शिक्षा तर्फका दिग्गज ब्यक्तित्वहरुको सहभागीता रहेको थियोे । कार्यक्रममा मावी सेन्टर तुलसीपुरका प्राचार्य भागवत पौडेलले बैकल्पिक बिधि अनलाइन सबैको पहुँचमा नहुदा यो प्रभावकारी नहुने र अब शिक्षालाई सामान्य स्थितिमा लैजान जरुरी रहेको र यसमा सबैपक्ष तयार रहनुपर्ने औल्यानुभयो ।

यस्तै गुरुजजुर उच्च मावीकि प्राचार्य बिष्णुकुमारी केसिले सबैको पहुँचमा ईन्टरनेट नभएको र बैकल्पिक बिधि कक्षा कोठामै पढाएको जस्तो प्रभावकारी नहुने भन्दै सरकारले बिद्यालय खुलाउन तर्फ ध्यान दिनुपर्ने र पाठ्यक्रम छोटकरीमा राख्ने, शैक्षिक क्यालेन्डर हेरफेर गर्नुपर्ने कुरामा जोड दिनुभयो ।

कार्यक्रममा अमर उच्च मावी उरहरीका प्राचार्य पदम वलिले रेडियो कक्षा सुरु भएपनि बिद्यार्थीहरुले सुने कि सुनेनन अनुगमन गर्नुपर्ने बताउनुभयो ।

पत्रकारको तर्फ बाट पत्रकार गोपाल शर्मा भट्टराईले बिद्यालयमा क्वारेन्टाइन राख्नै नहुने कुरामा जोड दिनुभएको थियो ।शर्माले बिद्यालयमा क्वारेन्टाइन राख्दा विद्यार्थी , अभिभावक तथा शिक्षकहरुमा पछि सम्म नकारात्मक असरपर्ने भन्दै यो विषयमा राज्य गम्भीर हुनुपर्ने बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाको शिक्षा महाशाखाको तर्फ बाट चक्र भन्डारीले रेडियो कक्षाको प्रभावकारीताको आफुहरुले गाउँगाउँमा गएर अनुगमन गर्ने र बिद्यालय भदौ पन्ध्र सम्ममा खुलाउने तर्फ केन्द्रित हुने बताउनुभयो । साथै उहाले सहभागीले उठाएका प्रस्नको समाधानमुखी र विकल्प सहितको जबाफ दिनुभएको थियोे ।

भरचोल मिटिङमा उठेका विषयमा प्रकाश रुपलाल चौधरीले पार्नुभएको थियो भने सहजीकरण बरिस्ठ पत्रकार अर्जुन गिरिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस