युग पुरुष डा.गोपाल गुरुङको आज ८५औं जन्म जयन्ती

मंगोल नेशनल अर्गनाइजेसनका संस्थापक नेता एवंम् युग पुरुष डा.गोपाल गुरुङको ८५ औँ जन्म जयन्ती आज (सोमबार) विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

गुरुङको सम्झनामा मंगोल नेशनल अर्गनाइजेसनका कार्यकर्ताहरुले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

दिउँसो १ बजे तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ०८ टिकरीमा जन्मोत्सव मनाइने तय भएको छ ।यस्तै माल्यार्पण तथा पाँच क्रान्तीको दिप प्रज्वलनको कार्यक्रम गरिने भएको छ ।

०४६ सालको परिवर्तनपछि चर्चामा आएको ‘सेतामगुराली’ उनैको धारणा थियो । नेपाली राजनीतिका अनदेखा सच्चाइ नामको गुरुङको पुस्तक नेपालमा त्यसबेला प्रतिबन्धित भए पनि सिक्किम र दार्जीलिङमा चर्चित थियो ।
संघ र प्रदेशहरुको नाम जातीय आधारमा नभई नदीनाला र भूगोलका आधारमा राखिनुपर्ने उनको दृष्टिकोण थियो ।  उहाँको जन्म जुुुलाई २७,१९३५ मा भएको थियो ।

प्रतिक्रिया दिनुहोस