थप १ सय ३० जनामा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय १३ पुग्यो

काठमाडौं :- थप १ सय ३० जनामा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण पुष्टि भएको छ । आइतबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ १ सय ३० जना थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । योसँगै कूल सङ्क्रमितको सङ्ख्या १८ हजार ६ सय १३ पुगेको छ ।

नयाँ सङ्क्रमितमा दैलेखका २५, काठमाडौंका ८, झापाका १, मोरङका ३, इलामका ८, सिरहाका १, सुनसरीका २, उदयपुरका १, तेह्रथुमका १, मोरङका २३, धनकुटाका १, महोत्तरीका २, पर्साका ४, दाङका १, नुवाकोटका १, सोलुखुम्बुका २, नवलपरासी पूर्वका २, मकवानपुरका १, रौतहटका १, बाराका १, कास्कीका ३, गोरखाका २, रुपन्देहीका १, अर्घाखाँचीका १, बाँकेका २, बर्दियाका ६, जुम्लाका १, रोल्पाका ३, सुर्खेतका ३, अछामका १४, बाजुराका ३ र कञ्‍चपुरका ३ जना रहेका छन् ।

पछिल्लो२४ घण्टामा जना ७५ कोरोना सङ्क्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १३ हजार १ सय २८ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार ५ हजार ४ सय ४० जना सक्रिय सङ्क्रमित उपचारमा रहेका छन् । क्वारेन्टाइनमा १७ हजार ९ सय ३ रहेका छन् । गएको २४ घन्टामा ३ हजार ३ सय जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस