चलचित्र पत्रकार संघद्धारा संगितकार श्रेष्ठलाई बधाई एवं सम्मान

चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिच बुकमा नाम लेखाउन सफल संगितकार सन्तोष श्रेष्ठलाई स्वागत एवं सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई आज तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान व्यक्त गरेको हो ।

संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यता एवं संगितकार श्रेष्ठको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राख्नुभएको हो ।

संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गितसंगितले जीवन्त पाउने बताउनुभएको छ । उहाँले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने बताउनुभयो ।

त्यस अवसरमा सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी र राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगितकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताउनुभयो ।
यस्तै कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी , अकोर्याबका प्रदेश ५ सचीव संगीत बस्याल लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा संघका उपाध्यक्ष सन्तोष के.सी.ले स्वागत मन्तव्य राख्नु भएको थियो यस्तै धन्यवाद ज्ञापन संघका संथापक उपाध्यक्ष चेतन रेग्मीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघका सचिव पूर्ण केसीले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस