बाटो निर्माण र सरसफाइमा जुटे श्रवण टोलवासीहरु

लकडाउन खुले पनि अहिले मजदुरहरु काममा पुर्ण रुपमा फर्किसकेका छैनन् । फुर्सदको मौका छोप्दै बाटो निर्माणमा तुलसीपुर ०८ श्रवण टोल वासीहरु जुटेका छन् ।

वर्षाका कारण पहिले बनाएको बाटो भत्किएपछि पछि पुनः आफ्नो लागि आफै गरौं भन्ने उद्देशका साथ उनिहरु एकजुट भएर शनिबार बाटो निर्माणमा जुटेका हुन् ।

बाटो निर्माण संगै उनिहरुले गाउ सरसफाइ पनि गरेका छन् ।
कोरोनाले बिश्व आक्रान्त पारेको समयमा आफुहरु ले गाउलाइ पनि सफा राख्ने उद्देशले गाउको सरसफाइ कार्यक्रमलाई अघि सारेको उनिहरुको भनाइ छ ।

यस्ता कुरामा आफुहरु स्थानीय सरकारलाई दुख नदिन चाहेको पनि उनिहरु बताउछन् ।

श्रवण टोलावासीहरु ज्यालादारी काम गरि खाने वर्गहरु हुन् । अन्य समयमा आफुहरु काममा जाने गरेकाका कारण आज शनिबार एक दिन छुट्टी लिएर एक जुट भइ आफुहरुले यस्ता कार्यक्रम ल्याउदा अन्य ठाउँमापनि यस्तो सोच आउने उनिहरुको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस