शंखर पोखरेलको प्रचण्ड प्रति कटाक्ष : दुइ दुइ पल्ट प्रधानमन्त्री हुदा के हेरेर बस्नुभएको थियो?

काठमाडौं :- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) यतिखेर आन्तरिक विवादबाट गुज्रिरहेको अवस्था छ । शिर्ष नेताहरुका ठाउ ठाउमा आआफ्नै अभिव्यक्ति आउछन । ति मध्य कतिपय गम्भीर हुन्छन भने कतिपय हास्यास्पद हुनछन जस्तो पछिल्लो समय कार्यकारी अध्यक्ष प्रचण्डका दुइ अभिव्यक्ति । पहिलो थियो आफुलाई परिबन्दमा पारेर प्रधानमन्त्री ओली र महासचिव पौडेलले शितलनिवास लागे भन्ने जसको चौतर्फी आलोचना मात्रै भएन केहि हदसम्म आफु चोखो देखिन प्रचण्डले कतिसम्म बोल्छन भन्ने कुरा पनि झल्कायो । तेस्तै दोस्रो थियो अतिक्रमित लिम्पियाधुरा, लिल्पुलेक र कालापानी समेटेर नक्सा सार्वजनिक गर्नु आफ्नो निर्णय हो भन्ने । यसमा भूमिका सबैको भए पनि सबैभन्दा बढी श्रेय प्रधानमन्त्री ओलीलाई नै जान्छ किनभने कार्यकारी प्रमुख नै उनि छन् । यहि अभिव्यक्तिलाइ लिएर प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंखर पोखरेलले प्रचण्ड प्रति कटाक्ष गर्दै सामाजिक संझालामा लेखेका छन् “कालापानी क्षेत्रको सिमा विवाद पुरानै हो। आफु प्रधानमन्त्री हुदा नक्साको कुरा था नपाउनेले अहिले उहाले होइन मैले हो भन्न कसरी सकेको?

प्रतिक्रिया दिनुहोस