देबेन्द्रको नयाँ जोडीको रुपमा रोशनी,भन्दैछन् मुसुक्कै हास

लकडाउन खुले सँगै गायक तथा मोडल देबेन्द्र बब्लुले नयाँ गित “मुसुक्क हास” आफ्नै युटुुब च्यानल मार्फत सार्वजनीक गरेका छन् ।
यस अघि उनले बजारमा थुप्रै गितहरु ल्याईसकेका छन् । उनका गितहरुले पनि दर्शक तथा स्रोताको मन जितेकाछन् ।

यस “मुसुक्क हास” बोलको गितमा बब्लुको नै शव्द/संगीत/स्वर रहेको छ । चर्चित गायीका मेलीना राईले बब्लुलाई स्वरमा साथ दिएकी छिन् ।
गितमा निकै प्रेमील शव्दहरु प्रयोग गरिएका छन् । युवा युवती प्रेम समबन्धमा रहेको समयमा हुने क्रियाकलापहरु लाई गितमा देखाउन खोजीएको छ । यस कारणले गर्दा पनि बिशेषत युवा युवतीहरु माझ अझ बढि लोकप्रिय बन्न पुग्ने देखिन्छ ।

पछिल्लो समय टिकटकमा युवा युवतीहरु बढि रमाउने गरेका कारण यस गितका शव्दले टिकटकमा समेत राम्रो चर्चा कमाउने सम्भावना प्रवल रहेको छ ।

गायीका मेलीना राई सँगको सहकार्य यो पहिलो हो बब्लुको । गायीका राईको आवजका कारण पनि झन् गित सुनमा सुगन्ध थपिए जस्तै भएको छ । गायक बब्लु आफैले संगीत गरेको यो गित मा संगीतमा पनि निकै अभ्यास गरेको पाउन सकिन्छ ।

गायीका सँगको सहकार्य मात्र पहिलो नभई गितमा उनले यस भिडियोमा मोडलसँग पनि पहिलो सहकार्य गरेकाछन् । गायक बब्लुले हाल सम्म केही गितहरु बजारमा ल्याए पनि उनले भिडियोमा मोडल भने प्राय दोहो¥याउने गरेका छैनन् ।

अहिलेको गितमा पनि उनले फरक मोडल सँग काम गरेका छन् । उनको नाम रोशनी कार्की हो । उनी पनि यस अघि केही म्युजीक भिडियो तथा वेभ सिरीजहरुमा अनुहार देखाइसकेकी संघर्षरत मोडल हुन् ।

मोड्लीङको सन्दर्भमा भने बब्लु आफ्ना गितहरुमा प्राय उनी आफै नै देखिने गरेका छन् ।
यस गितको निर्देशन पनि बब्लु नै गरेका हुन् ।

अन्य गितहरु जस्तै यस गितले पनि दर्शक तथा स्रोताको अपार माया पावस् नेपालयन खबरको तर्फबाट शुभकामना ।

प्रतिक्रिया दिनुहोस