लकडाउन खुले संगै ५ बजे पछि तुलसीपुरमा यस्तो…

आजबाट सरकारले लकडाउनलाई हटायो । लकडाउन हुदा ५ बजे पछि बन्द हुने तुलसीपुरका पसल, यातायातका साधन र मानिसको चहलपहल आज बाट भने पुर्ण रुपमा बढेकोछ ।
लकडाउन खुले पनि मानिसहरुमा एकखालको कोरोनाको त्रास भने यथावत रहेको छ । यसरी सरकारले लकडाउन खोल्ने निर्णय गरे संगै कतिपय मानिसमा झन त्रास बढेको छ भने कतिपय रोजगारी खुल्ने आशा मा हर्षित बनेका छन।

तुलसीपुर क्षेत्रमा साना तथा ठुला व्यापार व्यवसाय गर्दै आएका व्यापारीहरु भने लकडाउन खुले पनि कोरोनाका कारण व्यापार नभएको बताउछन।

यता जोरविजोर प्रणाली हुँदै आएका कारण सवारि हरु निर्वाध चल्न पाएका थिएनन् तर अहिले भने लकडाउन खुले संगै जोरबिजोरको अन्त्य भएपछी अटो र मोटरसाइकलहरु सडकमा ढुक्क सङ गुडेका छन् ।

प्रतिक्रिया दिनुहोस