नेपालमा कोरोना जित्नेको संख्या ७० प्रतिशत नाघ्यो, आज २ सय ७ डिस्चार्ज

काठमाण्डौं :- नेपालमा निरन्तर कोरोना संक्रमित निको हुने क्रम बढेको छ । आज मात्रै २ सय ७ जना संक्रमित निको भएर घर फर्किएका छन् । अहिले सम्म कोरोना निको भएर घर फर्किनेको संख्या १२ हजार ६८४ पुगेको छ । यो सगैँ कोरोना जीत्नेको संख्या ७०.१ प्रतिशत नाघेको छ ।
नेपालमा भारत र अन्य दक्षिण एशियाली देशमा भन्दा बढी संक्रमित निको भएको देखिएको छ ।
कोरोना जीत्नेको संख्या बढेसगैं आईसोलेसन र अस्पतालमा चाप कमी भएको छ भने क्वारेन्टाईनमा पनि संख्या घट्ने क्रममा छ । क्वारेन्टाइनमा २० हजार ८४२ जना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस