इन्डो इसाइकै चक्रव्यूहमा बीपी

काठमाडौं :- टंकप्रसाद आचार्यको नजरमा बीपीः वि.सं. २०१३ मा चीनका प्रधानमन्त्री चाउ एन.लाई नेपाल आउँदा टंकप्रसाद आचार्यले बीपी कोइरालाको परिचय दिँदै भनेका थिए, ‘उहाँ नेपाली कांग्रेसको सभापति तथा नेपालमा तपाईं (चीनको) सबैभन्दा ठूलो शत्रु’ जवाफमा बीपी कोइरालाले म ‘समाजवादी भएकोले कम्युनिष्टको शत्रु हुँ’ भन्दा जवाफमा चाउ एन. लाईले उहाँलाई विश्वास दिलाउन सकेनौं’ भनी जवाफ दिएका थिए । (स्रोतः त्रिरत्न मानन्धर, टंकप्रसाद आचार्य स्मृति ग्रन्थ, पेज नं. ४२१, २०५४, प्रकाशकः टंकप्रसाद स्मृति प्रतिष्ठान)

ठीक सुशील कोइरालाले पश्चिमा (सीआईए) रणनीतिअनुसार जसरी योभन्दा पूर्व आईएसआईसँग सम्बन्ध राखेका थिए । त्यसरी नै अहिले चीन विरुद्ध कथित संसदीय प्रजातन्त्रको भाषामा स्वतन्त्र तिब्बतको रक्षा गरेका छन् । प्रधानमन्त्री बन्नासाथ चीनमा प्रजातन्त्र आउँछ भन्नु र म्यानमारकी सीआईए एजेन्ट आङसाङ सुकीलाई भेटेर अमेरिकी मन्त्रणा लिनु आफैंमा रहस्यमय थियो । कम्युनिज्म नै प्रजातन्त्रको उच्चतम रुप हो । चीनले यही बाटो अवलम्बन गरिरहेको छ ।

डा. स्वामी प्रपन्नाचार्यको हेराइमा बीपी : उदाहरणका लागि सुम्निमा एउटा प्रसिद्ध नेपाली उपन्यास छ । सोमदत्त बाहुन र सुम्निमा राइनी केटीको माध्यमबाट उपन्यास औधी सिंगारिएको छ । सुम्निमाको नांगो आङ या सर्बाङ्ग नांगो देखिने कुराले लेखक इतिहासको पानामा हिँडेको देखिँदैन । लेखक (बीपी कोइराला) को दृष्टिमा किराँतीहरू जंगली थिए । यो इतिहाससँग बिश्वासघात गर्नु हो । शिकार खेल्न आउने राजकुमारबाट आश्रमको रक्षार्थ जो कुरा उठाइए, त्यसमा किराँतीहरू गोहत्यामा परेका छन् । यो कथाले लेखक बीपीको कल्पनाबाट इतिहासको हत्या भएको देखिन्छ । किराँतीहरू शुद्ध गोभक्त आर्य हिन्दू थिए । (डा. स्वामी प्रपन्नाचार्य, बेदमा के छ ? पेज नं. ११९) त्यतिमात्र होइन, बीपीले हिटलर र यहूदी नामक उपन्यासमा भगवान् कृष्णलाई हिटलरसँग तुलना गरी पूर्वीय दर्शनमाथि आक्रमण गर्दै पश्चिमाको सेवा गरेका छन् । माओवादीले गाई काटेर क्रिश्चियनको विश्वास लिने प्रयत्नजस्तै उनले एकातर्फ लेखन र राजनीतिमा, पूर्वीय दर्शनमाथि हमला र व्यवहारमा आमाबाबुको काजकिरिया नगरी उनीहरूलाई विश्वास दिलाउन खोजेको देखिन्छ ।

बीपीको नजरमा गणेशमान सिंह : सुवर्ण शमशेरलाई सभापति बनाउँदाकै कुरा गरौं, सुवर्णलाई नेतृत्व दिने प्रस्ताव केन्द्रीय समितिबाट पारित भयो । गणेशमान सिंह उनका विरुद्ध उठे, बीपी चुप बसे । उनले गणेशमान कुनै हालतमा जित्नु हुँदैन भनेका थिए । (विश्वबन्धु थापा, नेपाल साप्ताहिक, १३ श्रावण, २०७०, पेज नं.३३) कोइरालाहरूले गणेशमानलाई उच्च आदर्शका कारण नेतृत्व दिन चाहँदैन थिए । किनकि उनी राणा विरोधी टंकप्रसाद धारका थिए । त्यसैले उनको राजनीतिक हत्या उनकै भाइ गिरिजाले गरे । सन् १९९७ देखि टंकप्रसादले नेतृत्व गरेको राणाविरोधी संघर्षको प्रतिफल लिन राणाहरूसँग गोप्य साँठगाँठ गरी टंकप्रसादलाई राजनीतिको मूलधारबाट विस्थापित गरे । बीपी पश्चिमाहरूकै एउटा धारको प्रतिनिधि पात्र थिए, उनलाई राणाहरूले प्रयोग गरे । र प्रयोग सकिएपछि फ्याँकिदिए । जसको बलियो एउटा कारण २०१७ साल पुस १ को घटना हो ।
राणाविरुद्ध पहिलो पर्चाः राणा हो । तिमीहरूलाई मौकाले ठूलो सत्कर्म गर्ने सौभाग्य दिएको थियो । तर तिमीहरूलाई स्वार्थले गुलाम बनायो । हाल पनि तिमीहरूले स्वेच्छाचारिताको पूरा नक्सा देखायौ ।

अंग्रेजको मद्दतलाई फौज पठायौं । लडाइँमा मद्दत दिने जस्तो कुरामा तिमीहरूले कोसँग सोध्यौ ? युरोपको लडाइँमा हामीलाई फस्न के नाफा थियो ? १९१४ सालमा अंग्रेजलाई मद्दत दिएर लड्न गएका सिपाहीमा प्रजालाई के नाफा भयो ? नाफा त तिमीहरूलाई भयो, वर्षको १० लाख पौण्ड बैंकमा जम्मा गर्न पायौ । हाल जर्मनीले पेरिस दखल गरिसक्यो । जर्मनीको जीत भएमा आफू त गयौ गयौ आफ्नो स्वार्थको लागि नेपाली जातिलाई पनि गुलाम बनायौ । (स्रोतः टंकप्रसाद आचार्य, ९ आषाढ १९९७, पहिलो राणाविरोधी पर्चाबाट, टंकप्रसाद स्मृति ग्रन्थ, २०५४)

एकाएक टंकप्रसादलाई बाइपास गर्न राणाहरूले बीपी अगाडि सार्दै अन्ततः मोहनशमशेरकै तेस्रो बरियतामा गृहमन्त्री बने । २००८ सालमा यस घटनाविरुद्ध पुष्पलाल र टंकप्रसादले संयुक्त मोर्चा बनाए, बीपीले राणाकै मिलेमतोमा कम्युनिष्ट पार्टीमाथि प्रतिबन्ध लगाए । जसलाई २०१३ सालमा टंकप्रसाद प्रधानमन्त्री बनेपछि हटाइयो । तत्पश्चात् इन्डो–सीआईए एजेन्ट मोहनविक्रम र चौथो महाधिवेशनमार्फत टंकप्रसादलाई जिउँदो लास, मनमोहनलाई राजावादी र पछि पुष्पलाललाई गद्दार डा. केशरजंग रायमाझीलाई दक्षिणपन्थी राजावादी प्रपोगण्डा गराइयो ।

राजेश्वर देवकोटाको तथ्य र बीपी : एउटा जटिल प्रश्न दुई देशको बीचमा सीमा सम्बन्धी छ । कोशी प्रोजेक्ट नामबाट कोशीलाई लिए । नेपाल–भारतबीच सन्धि भयो । त्यो हेर्न नसकिने छ । हुँदाहुँदै बीपीलाई अलि प्रगतिशील भन्ठानेको थिएँ, तर सम्झौता गर्ने मातृकाभन्दा बढी तारिफ गरेका छन् । गणेशमानले राष्ट्रघाती नै हो भनेका थिए । मरिसकेका मानिसका बारेमा कुरा गर्दा रेकर्डेड कुरामात्र गर्नुपर्दछ । जानेको कुरा पनि गर्न पाइँदैन । हुँदाहुँदै २०१६ सालमा गण्डक सम्झौता गरे । त्यो कोशीभन्दा पनि हेर्न नहुने छ । २०१७ सालपछि राजा महेन्द्रले कोशी–गण्डक दुबैमा संशोधन गराएका छन् । त्यो अलि हेर्न हुने छ । त्यो जलस्रोतका विज्ञ बुद्धिजीवीहरूले तुलना गरेर हेर्दा हुन्छ । (राजेश्वर देवकोटा, सिर्जना र दृष्टिकोण, पेज नं. ४७१, प्रकाशक हिमाल बुक स्टल)

अरबिन्द रिमालको आँखा र बीपी : नेपालको राजनीतिक दर्पण भाग–(१) गृष्मबहादुर देवकोटाका अनुसार ३० जुन १९५५ को ‘स्टेटस्म्यान’ पत्रिकामा बीपी कोइरालाको प्रकाशित वक्तव्यमा ‘नेपाल पनि भारत जस्तै शान्तिप्रिय देश भएकाले नेपालको भौगोलिक नीति तथा रक्षा नीति भारतसित सम्बन्धित हुनुपर्दछ भनिएको छ । उपरोक्त स्मृति पत्र स्वीकृत भएको भए टंकप्रसाद आचार्यको प्रधानमन्त्रीत्वकालमा पूरै तवरले र महेन्द्रकालमा आम तवरले कार्यान्वयन भएको स्वतन्त्र विदेश एवं रक्षा नीति देख्न पाइने थिएन । (अरविन्द रिमाल, इतिहास अन्वेषक, नयाँ पत्रिका, २४ फागुन २०७०)
बीपी र ‘रअ’ः विमान अपहरण र राजा वीरेन्द्रको हत्या गर्ने षडयन्त्रभित्र बीपी थिए । उनले विराटनगरमा वीरेन्द्रमाथिको बम आक्रमणकारीको बचाउ गर्दै वीरेन्द्रमाथिको आक्रमण थिएन, असन्तोषको अभिव्यक्ति थियो भनेका छन् । (स्रोतः बीपी क्रान्तिकारी व्यक्तित्व, भोला चटर्जी, पेज नं. १३३, साझा प्रकाशन, काठमाडौं)

प्लेन अपहरण जयप्रकाश नारायणलाई थाहा थियो । (पेज नं. १२४) स्पष्ट छ, यो ‘रअ’ को सहमतिमा बीपीले गरेको देखिन्छ । जयप्रकाश र बीपीको साँठगाँठको खुलासापछि इन्दिरा गान्धीले लात हानेपछि राजाले सुरक्षा ज्ञारेन्टी गरेर फर्केको कथा नै कथित राष्ट्रिय मेलमिलाप हो । संयोग वा नियोजित षडयन्त्र उनकै भाइ गिरिजाप्रसाद प्रधानमन्त्री बन्दा मदन भण्डारी र राजा वीरेन्द्रको हत्या भएको छ ।
पशुपतिनाथलाई म्युजियममा राख्ने बी.पी.को योजना विश्वेश्वर प्रसाद कोइरालाले पशुपतिनाथलाई अजाबघर (म्युजियम)मा राख्नु पर्दछ भन्ने नास्तिक कुरा गरेर चोट पार्नुभयो । भष्मासुर जस्तो दैत्यलाई बरदान दिने आशुतोष भगवान भोलेबाबा शिवशंकरले (बी.पी. जस्ता कलियुगका दैत्यलाई) क्षमा गरिदिनुभयो । बी.पी. कोईरालाले मन्दिरभित्रका पशुपतिनाथको मात्र होइन आर्यघाटको दक्षिणपट्टी राममन्दिरको पुलनिरको शिवलिङ्गलाई कुनै संग्राहलयमा राख्नु पर्दछ भने ।

उनको नास्तिकता र सामाजिक व्यवहार कटु सत्य हो । (अरविन्द रिमाल, संसार थर्काइदिने १९ दिन, पेज नं. ४८०।८१–इतिहास अन्वेषक) यस्तो नास्तिक क्रिश्चियन रणनीतिको घटिया र पतित आवाज गुन्जाउने बी.पीलाई मृत्युपर्यत्न त्यही आर्यघाटमा राख बनाएर कलुषित आवाजको मटियामेट गराई दिए । त्यतिमात्र होइन क्रिश्चियन रणनीतिमा धर्मनिरपेक्षता घोषणा गर्ने बी.पी.का भाइ गिरिजाको काजकिरियामा पशुपति क्षेत्र विकास कोषबाट २३ लाख लिए, दैत्य राक्षसको अन्त्य गरिदिए । धर्म निरपेक्ष संविधान घोषणा गर्ने सुशील कोइरालाको पनि त्यही ब्रह्मनालमा भष्म हुन गए ।

प्रतिक्रिया दिनुहोस