प्रीया तिमीलाई म डोजर अपरेटरको धन्यवाद !

डियर प्रीया!

जिन्दगी मा म के हु? कस्तो मान्छे हु? भनेर आफुले आफै लाई चिन्न सकिएको थिएन। आज प्रीयाले राम्रो सग चिनाएर गइ। हुन पनि हो हामी धनिको छोरा भएको भए साच्चै यो डोजर चलाउने पेसा रोजिन्न थियो होला साधारण गाउमा जन्मेको मान्छे धेरै लेखपढ नभएको मान्छे म। मान सम्मान पाउन लाइ र सबैले मान्ने मान्छे हुनलाइ त
राम्रो सग उच्च क्षिक्षा हासिल गरि सरकारी जागिर खाको भए सबैले मान्ने गुन्ने मान्छे हुन सक्थे होला।
गरिब परिवार मा जन्मिएको मान्छे रहर हुदा हुँदै पनि
स्कुल को पढाइ बिचैमा छोडी अनेक काम गरि आफ्नो जसोतसो गुजार चलाउदै आइरहेको थिए। सानो देखि नै डोजोर ले बाटो खनेको हेर्न रुचाउने म। त्यस कारण  त  खुब डोजर हेर्न हिनिन्थ्यो। धेरै रहर लाउथ्यो त्यो बेला डोजोर चलाउन पछि सिक्ने अबसर धेरै कोसिस पछि मिल्यो र काम सिकेर काम गर्दै जादा कति ठाउ मा गाली
गलोज कति ठाउमा पिट्न काट्न सम्म आउदा पनि
सबैको मन बुजाउदै अगि बड्दै जादा धेरै ठाउमा
पाएको माया र सम्मान अनि ती बिर्सन नसकिने भोकै तिर्खै को दिन हरु अझै याद छन। अनि सबैलाइ सेवा दिदा आफ्नो घर परिवार छोडेको दिन सम्झिदा आँखा मा खुसी र दुख का आँसु अझै बर्सिन्छन कति ठाउमा माया मारेको ज्यान मेरो कतिले त्यो भिर बाट जिउदो फर्किदैनस भनेको
अनि पैसा को लागि जस्तो सुकै रिक्स उठाउने मान्छे म
अहिले तेहि कामको कारण सबैले बिश्वास गर्छन यस्ले त्यो काम गर्छ भन्छन कोहि सग नमिठो न बोली आज सम्म यात्र गर्दै गर्दा पृृृयाले भनेको तुच्छ वचनको याद आयो गरिब हुन पनि पाप हो जस्तो लागेर आयो सबै कुरा पैसा जस्तो सोच्ने थालेकी रैछ उ गरिब हरुले दिने र धनिले दिने माया मा पनि फरक हुदो रहेछ क्यारे सायद म त खानदानि को छोरी तिमी शीत केही मिल्दैन म त जहिले आफ्नै स्कुटर मा सवारी गर्छु तिमी त कहि जादा नि हिड्नु पर्छ। सुरुमा सबै कुरा मिल्ने अहिले सम्पतिको बाजि लगाउदा सारै मन दुख्दो रहेछ। उसलाइ पनि सायद यो कुरा थाहा न भएर होला।उनी २ लाख को स्कुटी मा सवार गर्छिन भने म पनि दैनिक १देखि १करोड ५० लाखकको मसिन मा सवार गरिरहेको छु। औकात कै कुरा गर्नी हो भने अप्रेटर ले जस्तो फेरि फेरि
१ करोडको मसिन मा सवार गरोस न मान्छे लाई घमन्ड होइन इमान्दारीता हुन आवस्यक छ। औकात चिनाइ दिएको मा धन्यवाद प्रीया।

प्रतिक्रिया दिनुहोस