गाई काट्ने एकजना लाई प्रहरीले पक्राउ गर्यो- भिडियो सहित

चितवन – पूर्वी चितवनको कालिका नगरपालिका बाट गाई कोटेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिका नगरपालिकाको वडा नं. ३ दुईसय विगाहका भीमवहादुर तामाङ रहेको इलाका प्रहरी कार्यालय टाँडीका डिएसपी रविन कार्कीले जानकारी दिए।

स्थानीय सन्तबहादुर तामाङको घरमा रातको १ बजे गाईकाटेर भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। घटनामा संलग्न पाँच जनामध्ये अन्य चार जना फरार रहेको डिएसपी कार्कीले बताए । उनीहरुबाट बरामद गरिएको मासु स्थानीय जनप्रतिनिधि, भेटेनेरी विशेषज्ञलगायतको उपस्थितिमा प्रहरीले मुचुल्का उठाइ डोजरको सायताले खाल्डो खनेर गाडेको छ । घटनाको विषयमा अनुसन्धान र फरार रहेका ब्याक्तीहरुको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका र सो घटनामा संलग्न सबैलाई पशुपंछी हत्या सम्बन्धी मुद्धा चलाई कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस