प्रतिभा टोलमा बृक्षारोपण

दाङ :- प्रतिभा टोल बिकास सस्था तुलसिपुर ५ ङ लाईनमा आज सनिवार बृक्षारोपण गरिएको छ !
तुलसिपुर उपमहानगर को ग्रीन क्लिन अभियान अन्तरगत उपमहानगर को आर्थिक एवं प्राबिधिक सहयोग तथा टोल बिकास सस्थाको सयोजनमा बृक्षारोपन गरिएको हो !
तुलसीपुर उपमहानगरपालिका का वातावरण सयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछाने ले कपुर जात को बिरुवा रोपेर बृक्षारोपण को सुरुवात गरिएको थियो ! टोल बिकास सस्था लाई सुन्दर हरियाली र वातावरण मैत्री बनाउने उदेश्य का साथ गरिएको बृक्षारोपणमा राज वृक्ष,बज्रदन्ती,बिरेन्द्र फुल,राउण्ड धुपी,कल्पिफुल,गुलमोर
निम,लहरेअशोक,श्रीखण्ड,कपुर,चादनी,कामनी फुल सेतो,रुद्राक्ष,ज्याग्रण्डा निलो फुल लगाएतका १४ प्रजातिका बिरुवा रोपिएको छ !
बृक्षारोपण को औपचारिक कार्यक्रम टोल बिकास सस्थाका अध्यक्ष प्रेम योगि को अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका का वातावरण सयोजक एवं वडा न ६ का अध्यक्ष नवराज लामिछाने को प्रमुख आतिथ्य एवं ग्रीन तुलसिपुर क्लिन तुलसीपुर अभियान का अभियान्ता बिमल रिजाल को बिशिस्ट आतिथ्य मा भएको थियो ! सो अबसर मा तुलसिपुर उधोगबाणिज्य सघका बरिस्ठ उपाध्यक्ष मिनराज भण्डारी, सदस्य टेक प्रकाश केसि,टोल बिकास सस्था का पदाधिकारी तथा साधारण सदस्य को उल्लेख्य उपस्थित रहेको थियो !
कार्यक्रम संचालन टोल बिकास सस्थाका सचिव लक्ष्मण बस्नेतले गर्नु भएको थियो !

प्रतिक्रिया दिनुहोस