अनेरास्ववियू दाङद्वारा रक्तदान कार्यक्रम सम्पन्न

दाङ :- अनेरास्ववियू दाङको आयोजना आज तुलसीपुर राप्ती प्रादेशिक अस्पतालको ब्लड बैकमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियू केन्द्रिय अनुशासन आयोगका सदस्य बिरवल खड्काको प्रमुख आतिथ्यमा भएको रक्तदान कार्यक्रमको अध्यक्षता अनेरास्ववियू नेता गोपाल रेग्मीले गर्नुुुभएको थियो ।

उक्त कार्यक्रमको स्वागत मन्तव्य अनेरास्ववियुका नेता प्रकाश शर्माले गर्नुभएको थियो। रक्तदान कार्यक्रममा अनेरास्ववियूका नेता रबिन्द्र डाँगी , प्रकाश रावत , गोबिन्द के. सि, सबिन के सि, डि आर भन्डारी लगायतले मन्तव्य राख्नुभएको थियो ।                                            उक्त कार्यक्रममा सुशील खड्का, विशाल परियार, भीष्म वली, दिनेश रावत, प्रकाश रावत, मनाेज वली, अजय खनाल, प्रदिप बस्नेत, नरेश बस्नेत, चित्र बहादुर चाैधरी, सन्ताेष चाैधरी, अवेष डाँगी, जितेन्द्र वली, कुल वली, जनक खनाल र बामदे पाैड्याल गरि १६ जनाले रक्तदान गरेका थिए ।
कार्यक्रमको सहजीकरण अनेरास्ववियू दाङका नेता इन्द्र बहादुर खड्काले गर्नुभएको थियो।

जिल्लामा दैनिकजसो रगत अभावका कारण रक्तदाता जुटाउनुपर्ने बाध्यतालाई केही हदसम्म सहयोग पुगोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको अनेरास्ववियूका नेता रवीन्द्र डाँगीले जानकारी दिनुभयो

देशका जुनसुकै क्षेत्रका जनताको पिडामा मलम लगाउन  अनेरास्ववियू दाङ तयार रहेको अनेरास्ववियू केन्द्रिय अनुशासन आयोगका सदस्य बिरवल खड्काले नेपालयन खबर जानकारी दिनुभएको छ।

प्रतिक्रिया दिनुहोस