भारतको धार्मिक सहर बनारसमा नेपालीमा माथि अत्याचार हुन सुरु, कपाल मुण्डन गरि शिरमा जय श्रीरामको नारा लेखियो (भिडियो सहित)

काठमाडौं :- केही दिन अघी प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्मबारे दिएको अभिव्यक्तिका कारण नेपाल लगायत विश्व भरी छरिएर रहेका हिन्दु समजका मानिषहरु बिच खैलाबैला फैलिएको अवस्थामा छिमेकी देश भारतको धार्मिक सहर बनारसमा नेपालीमा माथि अत्याचार र ज्यादती हुन सुरु भएको छ । प्रधानमन्त्री ओलीले गत सोमबार अयोध्या नेपालकै भूभाग रहेको र भारतले नक्कली अयोध्या खडा गरेको अभिव्यक्ति दिनुभएकाे थियाे ।

धामिक सहरका रुपमा चर्चित सहर बनारस भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्र रहेको छ। ओलीकाे उक्त अभिव्यक्तिपछि बनारसमा भारतीय विश्व हिन्दू सेनाका कार्यकर्ताले काम गर्न गएका एक नेपालीको जबरजस्ती कपाल मुण्डन गरिदिएका छन् । ती नेपालीको शिरमा जय श्रीरामको नारासमेत लेखिदिएका छन्।

त्यसपछि उनीहरुले नेपालका प्रधानमन्त्री केपी शर्माविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले नेपालका प्रधानमन्त्रीका विरुद्ध बोल्न लगाउनका साथै राम नेपालमा हैन भारतमा जन्मिएको हो भन्ने जस्ता नारा लगाउन लाएका थिए ।

पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको हो भारतमा होइन भन्ने अभिव्यक्ति दिनुभएपछि भारतीय हिन्दूहरुले प्रधानमन्त्री ओलीले विरोध गर्दै आएका छन् । त्यस्तै उनीहरुले प्रधानमन्त्रीलाई आफ्नो भनाइ फिर्ता लिन चेतावनी दिएका छन् ।

बिहीवार साँझ हिन्दु सेनाले वनारस नदीको घाटको किनारतिर जाँदै गरेको नेपाली नागरिकलाई रोकी जबरजस्ती कपाल खौरी दिएको भारतीय समाचार संस्थाहरुले जनाएका छन् । यद्यपि ती व्यक्तिको परिचय भने खुलाइएको छैन ।

विश्व हिन्दू सेनाका संरक्षक अरुण पाठकले आफ्ना कार्यकर्ताले गरेको यस्तो कदम सही भएको भन्दै आफ्नो भनाइ फिर्ता लिन प्रधानमन्त्री ओलीलाई आग्रह गरेका छन्।

भिडियो

प्रतिक्रिया दिनुहोस