जन्मदिनको अवसरमा पत्रकार कडेलद्वारा रक्तदान

काठमाडौं :- आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरका पत्रकारले रक्तदान गरेका छन् । शान्तिनगर गाउँपालिका ३ पातेटाकुरा स्थायि घर भै हाल तुलसीपुरमा बस्दै आएका क्रियाशिल पत्रकार माधव कँडेलले आफ्नो ३० औ जन्मदिनको अवसर पारेर रक्तदान गरेका हुन । सेवा नै धर्म हो भन्ने भावनाका साथ आफुले हरेक जन्मदिनमा रक्तदान गर्ने गरेको बताउने कडेलले आज असार ३१ गते परेको आफ्नो जन्मदिन पारेर नेपाल रेडक्रस सोसाइटी द्वारा सन्चालित रक्तसन्चार केन्द्र तुलसिपुर शाखामा गई रक्तदान गरेका हुन ।

नेपाल पत्रकार महासंघमा ८ वर्ष पहिले पहिलोपटक रक्तदान गरेको र त्यसयता आफुले अहिले सम्म १२ पटक रक्तदान गरिसकेको र आगामी दिनहरुमा पनि यसलाई निरन्तरता दिने पत्रकार कडेलले बताए । आफुले दिएको रगतले रगत नभएको अवस्थामा केही हदसम्म भएपनी टेवा पुग्ने र रगतकै कारण आकालमा गुम्नसक्ने ज्यान बाँच्न सक्ने हुँदा पनि आफु रक्तदानमा उत्प्रेरित भएको उनले बताए ।

साथै हरेक ३ महिनामा खेर जाने रगतलाई त्यतिकै खेर फाल्नु भन्दा पनि रक्तादान गरेर अर्काको जीवनअदानमा सहयोग गर्न उहाले सबैमा आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस