छोइन्छ भनेर पिउनले अञ्जुलीमा पानी हालिदिन्थ्यो।- कर्ण विश्वकर्मा

हाम्रो देश नेपाल करिब करिब ३ करोड नेपालिजनताको साझा फुलवारि हो। यो साझा फुलवारिमा करिब २५% मानिसहरुपनि छन। जुन समुदाय हजारौ बर्षदेखि सम्पुर्ण अधिकारबाट बंचित गराइएको छ। त्यहि बंचितिकरणमा पारिएको बर्ग समुदायलाइ आज कथित “दलित” समुदाय भन्ने गरिएको छ। यो उपनाम जात नभएर बिशेषण  हो,यो जातिय छुवाछुतमा परिएकै कारणले गर्दा दलित भनिएको हो। आज देशमा बिभिन्न परिवर्तन भए तर यो हाम्रो समुदायको अवस्था केहिपनि परिवर्तन भएको छैन। अवस्था झन झन नाजुक बन्दै गएको छ। त्यसको मुख्य कारण हो सामाजिक,आर्थिक,राजनैतिक,शैक्षिक र सांस्कृतिक शोषण नै हो। सामाजिकरुपमा नेपालमा जङ्ग बहादुर कुंवरको बेलायत भ्रमण पछि बि.स. १९१०को मुलुकि ऐन मनुस्मृतिकै आधारमा कानुन बनाइ जबर्दस्त लागु गरियो। त्यसमा सामाजिक रुपमा मानब हौ भन्ने कुनैपनि कुरा बांकि छैन। कानुनमै उल्लेख गरि  बहिष्करण गरियो .सदियौ देखिजातको नाममा छुवाछुत गरियो। एक समुदाय भन्दा अर्को समुदाय सानो बनाएर ब्यबस्थित रुपमा बिभेद र छुवाछुत गरियो। उनिहरुको आत्म सम्मानमा चोट पुर्याइयो। हिनताबोध गराइयो ,पाप र धर्मको डर देखाइ मन मस्तिष्कमा नराम्रो छाप पारियो . ब्रहमणलाइ छोयो भने पाप लाग्छ भन्ने जस्ता भ्रम दलित समुदायको दिमाग भित्र घुसाइयो . मेहेनतकस हाम्रो समुदायले सबै पतायो,   समाजमा हिड्दा म सानो जातको हु, भन्ने खालको बिचार संचार गर्न लगाइयो। अन्य जात बिशेष हामि भन्दा उच्च जात हुन भन्ने खालको बिचार गाढा रुपमा बसाल्न लगाइयो। त्यसको अवसेषआज पनि छ। जुन एउटा हाम्रा निम्ति खराब संस्कृतिको रुपमा छ .   
    आर्थिक रुपमा सम्पत्तिको कुरा आउछ। हाम्रो दलित समुदायलाइ हिजो काम गराए बापत नगद दिने चलन थिएन। जस्तै लुगा सिलाउने,जुत्ता बनाउने,सुनका गहना बनाउने,फलामका हात हतियार बनाउने,मुर्ति कुद्ने, जांतो बनाउने,लुगा धुने,हलो जोत्ने लगायतका कृषि कार्य गर्ने जस्ता आदि काम गर्दथे। त्यस बापत उनिहरुलाइ बर्षमा एक चोटि र प्रत्यक चाड पर्वमा अन्न,मासु,रोटि अर्थात खाद्द्यन्न लुगा कपडा आदि बालिको रुपमा माग्न बोलाउथे। र १० हात पर राखि दिन्थे। त्यहि लगेर हाम्रा पुर्खाले आफ्नो छाक टार्थे। जग्गा जमिन त हिजो किन्न दिदैन थे आफु गैर दलित समुदायले गुठि र बिर्ताकै रुपमा ओगट्थे। आर्थिक रुपमा कुनै नाफा मुलक कार्य गर्न दिदैन थे। सम्पत्ति किन्न सक्दैन थे। किनभने उनिहरुसंग नगद हुदैन थियो। नगद   जम्मा गर्न पनि सक्दैन थे। मलाइ लाग्छ भारततिर अलिकति रोजगारिमा जान थाले पछि मात्र नगद जम्मागर्न थालेपछि जग्गा जमिन खोलाको तिरमा बस्ति नभएको ठाउमा किन्न थाले। गाउको बिच भागमा जग्गा दिदैन थे। गोरखा भर्ति र भारतिय रोजगारमा जानथाले पछि पैसा जोर जाम गर्न थालेपछि अलिकति आर्थिक अवस्था सुध्रन थालेको हो। देश भित्र रोजगारिको कुनै सम्भावना नै थियन। यसरि आर्थिक शोषण गरियो।
   राजनैतिक रुपमा त र पनि उच्चारण गर्नसक्दैनथे।  कुरा अलिकति गर्न लाग्योभने  ठुलो भएको हामि उपल्ला जातका अगाडि कुरा गर्ने भएको जान्ने भएको भंदै हेला गर्दा थे। कटवाल   सम्मको पद दिएको मैले सम्झन्छु। कटवालको काम मुद्दा परेको ब्याक्तिलाइ छोप्न जाने,मुखिया सुब्बाले जहा पाठाउछ त्यहि जाने मात्र काम थियो। त्यसबापतपनि केहि बालि खलो दिने चलन थियो अहिले पनि कहि कतै भेटिन्छ। अरु पद त आकाशको फल आंखा तरि मर जस्तो थियो सम्भावनाका त कुरै नगरौ सोच्नपनि सकिदैन थियो यसरि राजनैतिक शोषण गरियो .
   शैक्षिक रुपमापनि चरम शोषण गरियो। ब्राहमणहरुले भारतको बनारसमा गइ अद्द्ययन गर्दथे। गुरुकुल शिक्षा पद्दति अनुसार शिक्षा हासिल गर्दथे।हाम्रो दलित समुदाय त्यहा गएर पढ्ने अवस्था थिएन। गएपनि जातिय छुवाछुत र बिभेद नेपालिले नै गर्दथे। जब राणा प्रधानमंत्रि देवसमसेरको पालामा नेपालमा बिद्द्यालयहरु खुल्न थाले तरपनि दलित समुदायले शिक्षा आर्जन गर्न सक्दैन थियो . जातिय बिभेद चरम अवस्थामा थियो। संस्कृता भाषामा पढाइ हुन्थियो। संस्कृतका श्लोक दलित समुदायले सुन्न हुन्न भन्ने चलन थियो। मलाइ लाग्छ आज भंदा ५० बर्ष अगाडि मात्र हाम्रा पुर्खाले भुइमा बसेर शिक्षा लिन थालेका हुन। त्योअवस्था हामिले अनुभुति गरौ त कति कहालि लाग्दो थियो होला। भुइमा बसेर पढ्नुपर्ने,गृहकार्य देखाउदा १० हात पर बाट कसैलाइ नछोइकन देखाउनुपर्ने छोयमा अपशब्दका बर्शा हुने सबै सहनु पर्ने। पिटाइ,कुटाइ,गालि गलोज गुरुको गालि सहनु पर्ने यो अवस्था थियो।

म अहिले पनि सम्झंछु सानो जात भएको कारण विद्यालयका पिउनले माथिबाट पानी दिएर अञ्जुलीले थापेर पानि खाएको।

यो अवस्थामा कस्तो खालको पढाइ हुने? मानसिका रुपमा हेला होचो भए पछि के सिक्ने? यसरि भएको थियो शैक्षिक शोषण हामि माथि। अब कुरा गरौ सांस्कृतिक शोशण को, जबकि हिंदु धर्म मान्ने दलित समुदाय मंदिर भित्र प्रबेश गर्न पाउदैनथे।  तर हिंदु थिय आफ्नै हिंदु भाइलाइ छुवाछुत गर्दथे। कुनैपनि धर्ममा यस्तो खालको छुवाछुत र बिभेद छैन। तर हाम्रो देशमा बुद्द धर्म मानेता पनि बिभेद छ। त्यो पनि हिंदु धर्मकै नक्कल हो। कुनैपनि बर्षौ देखिको संस्कृति आफुलाइ माया लाग्छ। त्यसैमा मानिस रमाएको हुन्छ,दिनरात र आफ्नो उमेर बिताएको हुन्छ। उसलाइ थाहा छ कि मलाइ छुवाछुत भएको त छ तर आफ्नो पुर्खा रमाएको संस्कृति छोड्न सक्दैन। अब त्यहि बसेर नै अगाडि बढ्नु पर्छ भन्ने मेरो मान्यता पनि हो।
      बि.स. २०४६ साल यता हामिले निकै परिवर्तन हुन्छ। भन्ने सोचेकै हो तर झुटो साबित भयो। हामिलाइ ठ्गिएको रहेछ भन्ने भयो।२०५२ साल देखि जनयुद्द भयो हामिलाइ ललिपप देखाइयो। आमुल परिवर्तन हुंछ भनियो दलित समुदाय कथित जनयुद्दमा होमियो प्रथम शहिद दिल बहादुर रम्तेल पनि भए तर त्यो त झन हामिमात्र नभै नेपालि समुदायनै  गुमराहमा प-यो। त्यस्तै २०६२/६३सालमा ठुलो जनआंदोलन भयो। सेतु बि.क. प्रथम शहिद भए हुनपनि देशमा २४० बर्ष लामो सामंतिको नाइके राजतंत्र समाप्त भयो। ब्यबस्था फेरियो तर प्रबृत्ति फेरियन हिजो नेपालि जनतको पक्षमा वकालत गर्ने राजनैतिक पार्टिले सर्वहारबर्गको मसिहा र राजनैतिक प्रतिनिधि नै मै हु भन्ने नेकपाको झंडै झंडै २/३ बहुमतको सरकार बनेको छ।  तर बिडम्बना दलित समुदाय मारिएका छन। कुटिएका छन।

छुवाछुत र बिभेदले सिमा नाघेको छ। यो अवस्था हेर्दा त झंडै झंडै हिजोको पंचायति कालरात्रि भंदा फरक छैन। कहि बोक्सिको नाममा पिटिएका छन। कहि अंतर्जातिय बिबहाका कारणले सेते दमाइ, अजित मिजार,नवराज बि.क.जस्ता होनाहार युवा मारिएका छन। कुवामा पानि छोएकै कारणले गर्दा कालिकोटकि मना सार्कि मारिएकि छन। त्यति मात्र होइन कामी जातिका साथी बाटोमा हिड्दा गैर दलित समुदायका मानिस भंदा अगाडि हिड्दा  साइत बिग्रयो भनेर ढुंगाले हाँनेर घाइते बनाएको  अस्ति भख्खर हो। सम्भु सदालाइ पुलिस हिरासतमा मारेर झुंड्याइयो। यि त सबै प्रतिनिधि घटना मात्र हुन।

 राज्य दम्भकासाथ न्यायलाइ मारि रहेको छ। दोषिलाइ बचाउन उद्दत छ। दलित समुदायका बिपक्षमा बोल्दै गएको छ। हामि संगठित भै आंदोलनमा गएनौ भने यो अत्याचार अझ बढ्ने छ। हाम्रो समुदायकापनि दलालहरु छन। उनिहरु पनि मिलेका छन। राजनैतिक बालि झोलामा थाप्न उद्दत छन। यस्तै हो भने हामि जति चिच्याएपनि रोयपनि आंसुका बलिंद्र धारा बगाएपनि  हाम्रो सुनुवाइ हुने छैन। हाम्रो अवस्था यस्तै रहने छ। सहनु र छाति पिटि पिटि रुनु र नुनिलो आंसु बगाउदै जानुको बिकल्प छैन। त्यसकारण हामि एक भै लडौ मुक्ति सम्भव छ हाम्रै पालामा जय दलित एकता ।
प्रतिक्रिया दिनुहोस