युवा ज्योतिषी अर्जुन क्षेत्री फेरि प्रहरीको फन्दामा

काठमाडौं :- ‘सहसचिव हुँ’ भनेर ठग्ने प्रयास गरेको आरोपमा अर्जुन क्षेत्री सहित ८ जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्रेको छ ।

आफूलाई ज्योतिष बताउँदै आएका क्षेत्रीले ‘अख्तियारको सहसचिव हुँ’ भनेर घूस रकम डिल गरेकाे बताइएकाे छ ।

विद्युत्त प्राधिकरणले खरिद गरेको जग्गामा ठूलो घोटाला भएको भन्दै क्षेत्रीले सहितको समूहले घूस मागेका थिए । ५० लाख रूपैयाँमा डिल मिलेपछि पैसा लिन जाँदा उनीहरुलाई गिरफ्तार गरिएको अख्तियार स्रोतले जनाएको छ ।

०७६ जेठमा पनि ठूलो भुकम्प आउँदैछ भनेर अफवाह फैलाएको अभियोगमा क्षेत्रीलाई काठमाडौं प्रहरीले पक्रेर मुद्धा चलाएको थियो ।

अर्जुनलाई आफूलाई ‘फेस रिडर ज्योतिष’ बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस