डोजर अपरेटरको हिजोको यथार्थ आजको कथा-

बाबियो र खरले छाएको घरधुरी कटुसे स्याउलाले छाएको पाली त्यही पालीमा पातिको सिठाले बारेर बनाएको सानो कोठा अनि त्यो कोठामा मट्टीतेल नभएर ढलेर बसेको टुकि आमाका फाटेका फरिया , बाबाको प्वाल परेका पटुकि र फाटेका कपडाहरु तुनेर आमाले बनाएको ओछ्याउने र ओड्ने अनि बोरा भित्र धानको भुस हालेर बनाएको सिरानी च्यापेर १५ वर्षको उमेरमा एक रात देखेको सपना आज १६ वर्ष पछि अलि कति रुप फेरेर पुन दोहोरियो।

पहिलो सपनाले कसैले थाह न पाउने गरेर रातको समय घर बाट भगायो। तीन वर्ष सम्म आफन्त र शुभचिन्तक कसैले नदेख्ने नभेट्ने ठाउमा लुकाउदै डुलायो। कति आशुहरु कति दुखहरु पनि दियो तर जीवन भरी पुग्ने सवथ पनि सिकायो। कोखिलामा च्यातिएको टिसर्ट, हाप पाइन्ट र छिनेर गासेको हात्ती छाप चप्पलमा अपहरण गरेर लगेको सपनाले तीन वर्ष पछि जहाँ बाट उठयो त्यहा लगेर छोड्दा रातको ९ बजेको थियो। यत्रो वर्ष कहाँ गैथिस भनेर बुवाले भकुर्लान भन्ने त्रासले घरमा सुट्ट छिरिहाल्न सकिन। भैंसीगोठ पछाडि केराको गाजमा लामखुट्टेको टोकाइ सहेर बसिरहे सोचे बुवा आमा सुतेपछी बिचार गर्छु। मेरो कोठामा को सुत्दो रैछ भनेर बिचार गरे त्यो कोठामा कोहि आएन बिस्तारै गएर माथी बाट हात छिराएर झ्यालको खिड्की तानेर झ्याल खोलेर भित्र पसे एफ एम बज्ने र लाइट बल्ने सानो मोबाइल थियो। बालेर हेरे मैले पढ्ने किताब जहाँ राखेको त्यही थियो। बिस्ताराको ओड्ने ओछ्याउने र सिरानी उहीँ र जहाको तहि थियो। झोलामा तीन जोर कपडा र दुई जोर जुत्ता मेसिनमा बाल्न किन्दा झुक्किएर परेको अगर बत्ती र बिकट गाउको ठाउँ ठाउमा मोटर बाटो पुर्याउदा अबिर जात्रा गरेर लगाइदिएका ५/६ वटा फुल र पैसा मिसिएका मालाहरु थिए। एउटा माला भने हजार र पाच सयको नोटलेहरुले भरिएको ६० हजारको थियो।

लाग्थ्यो मैले आधारातमा छोडेर गएको त्यो बिस्तारामा म गए पछि कोहि सुतेको रहेन्छ जस्तो कता कता ढुसी गन्हाए जस्तो लाग्यो अगर बत्ती बाले अगर बत्तीको सुगन्ध बुवाको नाकमा पुगेछ कहाँ के को बास्ना आयो भनेर कस्तुरीले आफ्नै नाइटोको सुगन्ध खोज्दै भौतारिए झै बाबा ढोका ढकढक्याउन आइपुग्नु भयो। मैले बाबा भने बाबाले आत्तिदै आमालाइ बोलाउनु भयो। बाबा र आमा मलाइ अजिङ्गरले केही जीव बेरेजस्तो बेर्दै रुनु भयो। आमाले रुदै कहाँ गाथिस निस्ठुरी यत्रो वर्ष हाम्रो याद आएन भन्दै रुनु भयो। मेरो पनि आखाबाट बर्बर आँसु खसे भक्कानिदै भने

“बाबा हजुरको छोरोलाई ठूलो सपनाले उठाएर लगेको हो। आज ल्याइदियो त म के गरौ। मलाई न कराउनुस म मान्छे बनेर फर्केको छु। भन्दै मैले डोजर सिक्दा र चलाउदा लगाइदिएको मालाहरु सबै आमा र बाबाको काखमा राखिदिए”।

त्यो देखेर झन अंगालो हाल्नु भयो। मैले दुख गरेर खाइ न खाइ ९० हजार जति पैसा बोकेर गएको थिए त्यो बाबाको हातमा राखिदिए बाबाले सोच्नु भएछ मेरो छोरो छोरो बनेर आयो भनेर खुशी भएर होला मलाइ मुसर्दै भैसिको एक राते दहि एक कचौरा ममिलाइ ल्याउन भन्नू भयो खाएर सुतेउ त्यो रात त्यस्तै भयो भोलि म उठेर नभ्याउदै बावाले गाउँ भरी भन्नू भछ मेरो डोजर चलाउदा पाएको माला लाएर हिन्नु भएछ। गाउका साथी भाइको घुइचो लाग्न थाल्यो। सवै संग दुख सुख साटे वर्षा भरी बसे खेत रोपाइको लागि बाउसे गरे हिलो खेले दसै मानेर फेरि काममा फर्किए यसरी नै हजारौं रोह अवरोह पार गरेको १६ वर्ष बितेछ।

  1. हिजो फेरि त्यस्तै सपना देखे जहाँ
    बाबियो र खरले छाएको घरको धुरी नभै टिनाको छानो थियो। कटुसे स्याउलाले छाएको पाली ठाउमा सिमेन्टको बरन्डा हरु थिए।त्यही पहिलाको पालीमा पातिको सिठाले बारेर बनाएको सानो कोठा कोसट्टामा ठुला ठुला ४ कोठा हरु थिए अनि त्यो मट्टीतेल नभएर ढलेर बसेको टुकि को साटो बिजुली हरु झलमल्ल थिए।

आमाका फाटेका फरिया , बाबाको प्वाल परेका पटुकि र फाटेका कपडाहरु तुनेर आमाले बनाएको ओछ्याउने र ओड्ने हरुको ठाउमा तन्ना, दसना, सिरक र ब्लाङ्केटहरु थिए। अनि बोरा भित्र धानको भुस हालेर बनाएको सिरानिमा पनि परिवर्तन थियो। म बुवा आमा संग हैन मेरो श्रीमती संग थिए। म जहाँ भए पनि बुवा आमा संगै छु। आउनुस भन्दा उहाँ हरु आफ्नो पुर्खौली छोड्न सक्नु भएन आफू त सपनाले टिप्दै टिप्दै फ्यालेको मान्छे। आज शहरमा छु। हिजोको यी यथार्थ सुनाउदा आजका डोजर चलाउने हरुलाइ एकादेशको कथा भने जस्तो होला। आज हिजो जस्तो सम्मान हरु छैन। हिजोको जस्तो कमाइ छैन। साहु र ठेकेदारले आफ्नो रगत र पसिना खाएका डोजर अपरेटरहरु चोक चोकमा भेटिन्छ्न। लाइसेन्स भएका पुराना हरु गिट्टी चाल्न हिडेका छ्न। बिना लाइसेन्स का भाइहरुले अन्धाधुन्ध डोजर हुइक्याउदा सात वर्से बालक डुइ टुक्रा बनाएका छ्न अटो भरीका लाई एकै चिहान बनाएर। आफू पनि कलिलो उमेरमा कारागार मा बसेका छ्न।

राती बाह्र बजे पनि गुरु मलाई मेसिन बाट निकालिदियो अर्को अपरेटर राख्यो। आज सम्म काम गरेको पैसा दिएन भन्दै फोन गर्छ्न। कतै मेसिन खाली भए खबर गर्नुस न लाइसेन्स भन्छ्न। कतै लौन मेरो सानो बाबू छ डोजर चलाउदा पहिरोले च्यापेर आधा अंगचल्दैन भन्छ्न कतै आफैले खनेको पहिरोले च्यापियर मरी परिवार बिचल्ली बनाएको देख्छु। यिनै कुरा हरु सहन न सकेर सबै अपरेटरको साझा चौतारी हुने गरि अपरेटर भिजन कर्पोरेसन नेपाल नामक संस्था बाट सबैको भलो हुने काम गर्न सबै अपरेटर हरुको साथ मागिरहेको छु।

प्रतिक्रिया दिनुहोस