सिन्धुपाल्चोक बाढी अपडेट : दुई जनाको शव भेटियो, १८ जना सम्पर्क विहिन

सिन्धुपाल्चोक :-

अविरल वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिकाको जम्बुमा दुई जनाको मृत्यु भएको छ भने १८ बेपत्ता भएका छन् ।

बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले दिएको जानकारीअनुसार खागदल र आधीखोलामा आएको बाढीले खागदल खोलाको पुल बगाउनुका साथै ठाउँठाउँमा सडक बगाएकाले आवतजावत गर्न कठिनाइ भएको छ ।

भोटेकोशी नदीले बाह्रबिसे–तातोपानीको सडकखण्डको अरनिको राजमार्गका विभिन्न ठाउँ कटान गरेकाले नेपाली सेना, सशस्त्र प्र’हरी र नेपाल प्र’हरी घ’टनास्थल’मा पुग्न घुमाउरो बाटो भएर जानुपरेकाले विस्तृत विवरण आउन बाँकी भएको जिल्ला प्र’हरी कार्यालयका प्रमुख प्र’हरी उपरीक्षक प्रज्ज्वल महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस