वर्तमान समयमा I.P.M. को महत्त्व

परिचय:-
IPM अर्थात Integrated Pest Management (एकीकृत शत्रुजीव व्यवस्थापन ) हो। यसलाई विभिन्न रुपमा परिभाषित गर्न सकिन्छ । नेपालमा IPM को शुरूवात सन् १९९७ (बि.स. २०५४)साल देखि भएको हो। नेपालमा सर्वप्रथम IPM बिधिको प्रयोग चितवन जिल्लामा धान बालीमा गरिएको थियो। “बालीनाली, बोटबिरुवाको शत्रुहरु जस्तै रोग,किरा,फटयांग्रा,झारपात, येस्तै विभिन्न समस्या हरुको आर्थिक रुपले न्यायपुर्ण, वातावरणीय पर्यावरणीय तथा समाजमा स्वीकार्य रुपले कसैलाई असर नपर्ने गरि विभिन्न विधिहरु को छ्नोट गरि येस्तो समस्याहरु को समाधान गर्नु एकीकृत शत्रुजिव व्यवस्थापन हो। एकीकृत शत्रुजीव व्यवस्थापन एउटा येस्तो विधि हो जसमा रसायन को प्रयोग एकदमै कम अथवा अर्थपूर्ण रुपले भएको हुन्छ जस्ले गर्दा वातावरण र मानव स्वास्थय लाइ जोगाउन एकदमै ठूलो भुमिका निर्वाह गरेको हुन्छ।

वर्तमानमा IPM को महत्व

माथी परिचयमा भने झै यो एउटा येस्तो विधि हो, जस्ले पृथ्वीको पर्यावरणीय दिगो अवस्था लाई मध्यनजर गर्दै र मानव स्वास्थ्य लाई असर नपार्ने विधि हो। आजको समयमा यस बिधिको धेरै महत्त्व छ। हामिले हाम्रो गाउँ,समाज,घरमा देख्ने गर्छौ एउटा सानो समस्याको लागि पनि बालिनाली मा एकदमै विषादी प्रयोग भैरहेको हुन्छ जस्ले गर्दा हाम्रो, मानव स्वास्थ, वातावरणमा निकै नकारात्मक असर हरु पारेको हुन्छ। अझ प्राय जसो किसानहरु लाई त विषादी भनेकै थाहा हुदैन, विष लाई औषधिको रुपमा चिनी रहेको हुन्छन् । उनी हरु लाई बिषादी प्रयोग गर्ने भन्ने त थाहा हुन्छ तर प्रयोग गरि सके पछि कुन बाली कुन विषादी को लागि कति समय पर्खनु पर्छ भन्ने केही थाहा हुदैन, र त्यस्ता कमोडिटी को प्रयोग बाट हाम्रो स्वास्थ मा विभिन्न समस्याहरु देखा पर्दछ्न, हाम्रो रोग प्रतिरोधात्मक क्षमता घटदै गइरहेको छ जसको मुख्य कारण अनियोचित रुपले विषादी प्रयोग हुनु हो। यस्को मुख्य कारण कृषि प्रसार को कमि हो, कृषक लाई दक्ष बनाउन नसक्नु हो। वातावरणमा यस्ता कतिपय किराहरु हुन्छन् जसले हाम्रो वातावरण लाई सन्तुलन राख्न एकदमै ठूलो भुमिका खेलेको हुन्छन र त्यस्ता किसिमको किराहरु लोप हुनु को मुख्य कारण अर्थहिन रुपले विषादीको प्रयोग र तिनी हरु लाई चिन्न नसक्नु हो जस्ले गर्दा वातावरण असन्तुलन भैरहेको छ। वालिनालिमा अत्यधिक विषादी को प्रयोग बाट मानव स्वास्थमा विभिन्न किसिमका रोगहरु देखा पर्दै आएका छ्न जस्तै रगत क्यानसर, छाला क्यानसर, शरीर अपाङ्ग हुनु, एलर्जी आदि । यदि यसै गरि उच्च रुपमा विषादी को प्रयोग हुँदै जाने हो भने विभिन्न किसिम का नया रोग हरु नआउला भन्न सकिन्न जस्ले गर्दा कुनै दिन मानव अस्तित्व नै मेटिन नसक्ला भनेर पनि भन्न सकिँदैन। विषादि युक्त खानाको प्रयोग बाट दिनदिनै कयौ मानिसहरु मरि रहेका छ्न। यस्ता किसिमको डरलाग्दो समस्याबाट वचन हामिले पहिले नै बिचार पुर्याउन जरुरी छ, यस्ता किसिमका समस्या बाट बच्न वा समस्या लाई न्यून गराउन हामिले कृषि प्रसार पध्द्ती लाई प्रभावकारी बनाइ कृषक लाई दक्ष बनाइ एकीकृत शत्रुजिव व्यवस्थापन प्रणाली अपनाउन सकिन्छ। यो समस्या समाधानमा सबै भन्दा ठूलो भुमिका किसान को रहने हुनाले किसान लाई दक्ष बनाउन जरुरी छ। किसान दक्ष रहयो भने हामी स्वस्थ रहन्छौ भन्ने कुरालाइ हामिले चिन्न सक्नु पर्छ। यस बिधिले हामी लाई विभिन्न कुरा सिकाउछ। यस बिधिले हामी लाई रसायन को प्रयोग घटाउन मद्दत गर्छ, वातावरण संरक्षण गर्न मद्दत गर्छ, मानव स्वास्थ मा ठूलो भुमिका खेल्छ, बाली उत्पादन खर्च लाई कम गर्न र उत्पादनमा वृद्धि गर्न मद्दत गर्छ।

IPM का मुख्य सिद्धांतहरु

यसको मुख्य चार सिद्धांतहरु छ्न ।

१) स्वस्थ बाली उत्पादन :- यस सिद्धान्त ले स्वस्थ बाली उत्पाद्न गर्ने भन्ने सिकाउछ जहाँ रसायन को प्रयोग कमै मात्रामा भएको हुन्छ। स्वस्थ बाली उत्पादनले मानव स्वास्थ स्वस्थ हुन्छ, वातावरण स्वस्थ हुन्छ।

२) खेतबारिमा नियमित अवलोकन :- खेतबारी को नियमित अवलोकनले हामीले बाली लाई कुन बेला कुन रोग किरा लग्यो भनेर थाहा पाउन सक्छौ र वातावरण लाई असर नहुने गरि समयमै उपचार गर्न सक्छौ।

३) मित्र जीव को संरक्षण :- मित्र जीव को संरक्षण गर्नु यस्को मुख्य सिद्धांत पनि हो, मित्र जीव हाम्रो लागि फाइदाजनक हुन्छ, यस्ले वातावरण संतुलन राख्न र रोग किरा नियन्त्रण गर्न ठूलो भुमिका खेली रहेको हुन्छ।

४) कृषक लाई स्वयंम दक्ष बनाउनु :- यसको एक सिद्धांत कृषलाइ दक्ष बनाइ स्वस्थ बाली उत्पादन गर्नु हो।

एकीकृत शत्रुजिव व्यवस्थापनका विधिहरु

यो विधि २ तरिका बाट अपनाउन सकिन्छ , रोगकिरा लाग्नु भन्दा पहिले र रोगकिरा लागिसके पछि। एकीकृत शत्रुजिव व्यवस्थापनका तरिका हरु निम्न छ्न।

१) रोगकिरा अवरोधक जातहरु लगाउन सकिन्छ जसमा रोगकिरा ले एकदमै कम हानी नोक्सानी गर्न सक्छ।

२) भौतिक तरिका :-
* तापक्रम घटबढ गराउने
* हावाको मात्रा घटाइ रोगकिरा नियन्त्रण गर्ने

३) यान्त्रिक तरिका
*बिरुवा लाई प्लास्टिक ले छोप्ने
* हातले टिपेर सक्रमित भाग नष्ट गर्ने
* फल लाई जाली ले छोप्ने

४)कृषि कर्ममा आधारित :-
घुम्ती बाली प्रणाली अपनाउने, पासो को व्यवस्था गर्ने, बिरुवा को दुरि मिलाउने, सरसफाइ, खनजोत, सिचाइ र निकास को व्यवस्था गर्ने, समयमा बाली भित्र्याउने ।

५)जैविक तरिका :-
परजीवी एवम् शिकारी किरा का साथै विभिन्न जीवाणु जस्तै ब्याक्टेरिया (Bacillus thuringiensis), फङग्स, भाइरस (Nuclear polyhedrosis virus) र निमाटोड को प्रयोग गर्न सकिन्छ।

६) आकर्षक ट्राप/फेरोमेन को प्रयोग :-
ट्रापहरु:- लाइट ट्राप, एलो स्टिकी ट्राप, स्टेनर ट्राप, फनेल ट्राप आदि।
ल्युरहरु :- मिथाइल युजिनल, क्युलियर, हेलि ल्युर, स्पोडो ल्युर आदि प्रयोग गर्न सकिन्छ।

७) कानुनी तरिका :-
कानुनी रुपमा प्रतिबन्धित जातलाइ आयात र निर्यातमा बन्देज गर्ने।

८) रसायनिक तरिका :-
यदि माथीका कुनै पनि विधि बाट नभए उपयुुक्त विषदीको सावधानी पुर्वक प्रयोग गर्ने।

लेखक
सहायक प्रशिक्षक
गणेश सुवेदी
श्री गौमुखी माध्यमिक बिद्यालय ठुलाबेशी -प्युठान ।।

प्रतिक्रिया दिनुहोस