रुकुम घटनाको ४५ दिन, चितवनको मंगलपुरमा स्मृति सभा

चितवन पश्चिम रुकुम चौरजहारी नगरपालिका – सोती निवासी सुस्मा मल्ल लाइ दुलही को रुपमा भित्राउन गएका जाजरकोट भेरी नगरपालिका -४ रानागाउको नवराज वि.क दलित भएको कारण १०जेष्ठ २०७७ मा अमानवीय सामुहिक हमाला बाट नवराज बिक सहित टिकाराम सुनार, गणेश बुढा,सन्दिप बिक, लोकेन्द्र सुनार, गोविन्द शाहिको हत्या गरि भेरीमा फालिएको थियो। जनप्रतिनिधि सहितको संलग्नता रहेको उक्त घटनाका दोषीलाई हदै सम्मको कारवाहीको माग गर्दै र जातीय विभेद बिरुद्द ठाउँ ठाउमा बिरोध प्रदर्शन रोकिएको छैन ।

मंगलपुर दलित युवा समाज भरतपुर १५ चितवनले जेष्ठ १६ गते रुकुम घटनाको घोर भत्सर्ना र जातीय विभेद विरुद्ध बिरोध र्याली र असार १ गते दिप प्रजव्लान सहितको श्राद्धान्जली सभा र बिरोध गर्दै अपराधीलाई हदै सम्मको कारवाहीको माग गरेका मंगलपुरदलित युवा समाजले असार २३ गते ४५ औ स्मृति सभाको आयोजना गरेको हो ।असारे व्यस्तता,लक डाउनको समयमा सामाजिक दुरी कायम गर्दै र वर्षातको कुनै प्रवाह न गरि पश्चिम रुकुम हत्याकाण्डको विरोधमा धर्ना बिरोध जुलुस जस्ता कार्यक्रम गर्दै समाज द्वारा दलित बनाईएको समुदायहरुको ठूलो जमात संघर्ष मा उतृएका थिए ।

उक्त कार्यक्रममा नेपाल दलित मुक्ती मोर्चा केन्द्रिय सदस्य बाबुराम प्यासी, भरतपुर महानगर पालिका १५ का नेकपा अध्यक्ष आकाश थापा, संयुक्त दलित संघर्ष समिति चितवनको सचिवालय सदस्य बिजय बिश्वकर्मा, नेपाल दलित मुक्ती मोर्चा केन्द्रिय सदस्य खेम ब दर्जी, संयुक्त दलित संघर्ष समिति चितवन सचिब तथा प्राध्यापक यम बहादुर बिक ले मानतव्य राख्नु भएको थियो। स्थानिय दलित अगुवाहरु टिबि विश्वकर्मा हिमाल, समुन्द्रा परियार, भरतपुर १५ का दलित वडा प्रतिनिधि सीता सापकोटा परियार, अतिना परियार, राम कुमार विश्वकर्मा, अमृत बि क, लगायतका दलित अगुवाहरु द्वारा ब्यवस्थापन गरिएको उक्त कार्यक्रममा बोल्ने सबै दलित अगुवाहरुले पश्चिम रुकुम घटनाका दोषीलाई हदै सम्म्को कारवाही हुनुपर्ने माग , र केटीको आमा मुख्य योजनाकार प्रकाशि मल्ल लाई एक लाख धरौटीमा छोडिनु र फरार भनिएका ५ जनालाइ प्रहरीले नपक्रिनु न्यायलयले दलित समुदाय माथी देखाएको गैरजिम्मेवारी भएको बताएका छ्न।

कानुनी राज्य भित्र जनप्रतिनिधि कै मिलेमहतोमा खुलेआम यति ठूलो घटना घट्नु निन्दनीय रहेको र गणतन्त्रको निम्ति हजारौ दलितले बन्दुक उठाइ अतुलनिय बलिदानी गरिरहदा वर्तमान सरकारले ज्यान बचाउन भाग्दा भेरीमा आफै डुबेर यो घटना घटेको भन्ने जस्ता अनेकौं कुतर्क गरेर अपराधीलाई संरक्षण दिन खोज्नु र निष्पक्ष छानविन नभै तोडमोड भए ६० लाख दलित निदाएर न बस्ने र हतियार सहित आन्दोलनमा उत्रिनुको बिकल्प नहुने समेत बताइएका थिए।

प्रतिक्रिया दिनुहोस