राप्तीले बगाउदा एक महिलाको मृत्यु

दाङमा राप्ती नदीले बगाउँदा एक महिलाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार उनी बिहान ४ बजे औषधी किन्न भनेर घरबाट निस्किएकी थिइन् । उनी भालुवाङस्थित राप्ती नदी पुलको आसपासबाट बगेको हुन सक्ने आशंका गरिएको छ ।

राप्ती गाउँपालिका वडा नं ४ मौरीघाट निवासी ५२ वर्षीया बसन्ता गिरीको मंगलबार राप्ती नदीले बगाउदा मृत्यु भएको इलाका प्रहरी कार्यालय भालुवाङले जानकारी दिएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । शव पोष्टमार्टमको लागी लमही अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस