परिवर्तन चाहाने हामि पहिला आफै परिवर्तन हौं : विद्यार्थी नेता रावत 

परिवर्तन स्थितिको सापेक्षतामा आउने नविनपनालाइ परिवर्तनका रुपमा अर्थाउन सकिन्छ।आन्तरिक तथा वाह्य  विभिन्न तत्वको उपस्थितिमा हुने समय र स्थान विशेष फरकलाइ सैद्धान्तिक रुपमा परिवर्तन भनिन्छ ।परिवर्तन सकारात्मक वा नकारात्मक क्रमवद्व वा अप्रत्याशित सानो वा ठूलो मात्राको रणनीतिक वा अनिवार्य किसिमको हुने गरेको पाइन्छ ।

परिवर्तन अग्रगमन र उन्न्यनको आधारस्तम्भ हो ।अकसर परिवर्तनका पक्षमा युवा विधार्थी  पङ्ती हुने गर्दछ। हामी परिवर्तनका पक्षमा उभिरहदा परिवर्तनको आफू हामी कति हुन सक्यौं भन्ने बसह छेडनु वान्छनिय देखिन्छ।

केही प्रतिनिधि विषयप्रसङहरु  तल चर्चा गरिन्छ।

  • छुवाछूतको विरुद्धमा चर्को  आवाज उठाउने हामी युवा आफ्नो  घरमा हुदा चाहिँ मौन वा असह्य हुने व्यबहार प्रकट गर्दछौं के यो परिवर्तन हो त रु परिवर्तन अरुका लागि मात्रै देखिने चिज हो तरु
  • हामी अकसर आफ्ना गल्ती र आलोचना हरु सुन्न चाहन्नौ र आफ्ना निकटहरुका ठूलो गल्ती हरु बारे बोल्दैनौ अनि अरुका साना साना गल्ती चर्को सोर परिवर्तनकारी आवाज बुलन्द गर्छौ।अनि आफू ठूलो परिवर्तनकारी भएको हुक्कार उठाउछौ।
  • परिवर्तनकारिको महानायक ठान्ने हामि हरु जोखिम मोल्ने न हुने बेथिति बिरुद्व बोल्ने डराउछौ। सिधाान्तमा जानेकुरा हरु ब्यबहारमा लागु गर्दैनौं ।

तसर्थ  परिवर्तन सुरुवात पहिला आफु बाटै गरौं ।

आफू परिवर्तित भएर सामाज परिवर्तन गर्न उदघोष गरौं ।

प्रतिक्रिया दिनुहोस