साँझ ५ बजे सम्म खुल्ने तुलसीपुरका पसलहरु

आज देखि तुलसीपुर क्षेत्रमा रहेर पसल संञ्चालन गर्दै आएका व्यापारीहरुले साँझ ५ बजे सम्म पसल खोल्न पाउने भएकाछन् ।

कोरोना महामारी सँगै बिभिन्न ठाउँका व्यापार व्यावसायहरु ठप्प छन् । दाङ तुलसीपुरको सन्दर्भमा कोरोना संक्रमण बढे सँगै तुलसीपुर क्षेत्रका व्यापारीहरु पनि मारमा परेका छन् ।

सरकारले लकडाउन खुकुलो पारे सँगै तुलसीपुरमा पसलहरु १२ बजे सम्म खुल्ला थिए । तर अत्यावश्यक पसलहरु भने निर्बाध रुपमा खुल्दै आएका थिए । कोरोनाको संक्रमण बढिरहेको अवस्थामा पनि व्यापारीहरु मारमा परेको भन्दै आईतबार देखि भने साँझ ५ बजे सम्म तुलसीपुर क्षेत्रका सम्पूर्ण पसलहरु खुल्ने भएकाछन् ।

पसलहरु खुलेपनि दिउसो सेवाग्राहीहरु भने न्युन छन् ।

तुलसीपुर उद्योग बाणिज्य संघ,व्यापारी र सरोकारवालाको अनुरोधमा आईतबार देखि साझ ५ बजे सम्मका लागी सबै पसलहरु खोल्ने स्थानीय सरकारले निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस