मेराे गाउँमा अहिलेकाे कृषि अबस्था

काठमाडौं :- आदिकाल देखि विश्वयुद्धले संसार ध्वस्त बनाउदा हाेस या आज काेराेनाले विश्व शिथिल बनाउदा कृषि र कृषिबाट उत्पदित बस्तुहरुको योगदान हरेक साझ बिहान साहुसेठका महल दखि गरिबकाे झुपडीतथा साधुसन्तकाे कुटिसम्म गाँस बास र कपासकाे लागि उत्तिकै महत्त्वपूर्ण र अतुलनिय छ।

सामुन्द्रिक सतह देखि करि १२७०मिटर माथि पर्ने मध्यपहाडी इलाकाकाे प्युठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा न ६ मा पर्ने मेरो गाउँ कृषि मुलश्च्य जिबनम काे नारालाई आत्मसाथ तथा परम्परागत कृषि प्राणिलाई अपनायकाे पसिनाले सिचित माटाेबाट केही उबजाई आफ्नाे परिवारलाई भाेकमरिकाे चुङ्लुबाट उस्काउन लडिरहेका एक सिपाही हाे ।

बारिमा मुख्यगरि मकै गहुँ र काेदाे तथा अन्तरबालि रुपमा बाेडि,सिमि,फर्सी,काक्रो ,भिण्डि,,करेला आदि र खेतमा मुख्यगरि धान, गहुँ र मकै छर्ने तथा धानखेतिकाे आलिमा भट्टमास ,मास लागाउनुकाे साथै गहुँको बिचमा मसुराे ,ताेरि ,सर्स्यु आदि लगाउने गरिन्छ।प्रयाप्त सिचाइ अभाव भएको कारणले यसबाहेक आबस्यक तरकारी तथा फलफुल सबैले आ-आफ्नो घर वरपर करेसा बारीमा पिउने पानीबाट बचेको तथा खेर गयको पानीलाई सदुपयोग गरि उत्पादन गर्ने र बढी भएको तरकारी फलफूल र अन्य उपजहरु स्थानीय स्तरमै बिक्रीवितरण गरिन्छ ।

आफुसङ नभएका बिउबिजन तथा अन्य उपजहरु साटाफेर र अेेैचाेपैचाे पनि गर्ने गरिन्छ ।जसले समयमै खेतीपाती सम्पन्न गर्न सहयोग मात्र नभई कृषकहरु बिच मेलमिलाप र एकता कायम गर्नुका साथै मितव्ययिता कायम गरि बिचाैलिया हुने समस्यालाई समेत कम गरेकाे छ।

यहाँ जग्गाको असमान वितरण तथा टुक्राबन्दी,मलखादकाे अनुचित प्रयोग ,अनुचित बाली चक्र ,धेरै फलाउने लोभले बाली सघनता बढाउने ,आदि कारणले बाली कम हुने गरेको पनि छ।नेपाल सरकारले ल्याएको बस्तुकाे थलाे सुधार कार्यक्रम प्रस्ताव महत्त्व बुझेर होला प्राय सबैले गहुत को संकलन तथा प्रयोग ,संकलित गहुत मा स्थानीय स्तरमा उपलब्ध हुने तितेपाती,असुरो,खुर्सानी ,टिमुर,बकाईनाे लगायतका जडिबुटी प्रयोग गरि रोगकिराको प्रकोप नियन्त्रण गर्ने गरिन्छ ।बालिनालिलाई बन्यजन्तु तथा चराचुरुङ्गी बाट बचाउन राति आगाे बाल्ने,थाल र नाङ्लाे ठटाउने साथै पुत्ला बनाएर राख्ने,पासाे लगाउने,किरा देखापरेको ठाउँमा कुखुरा छाेडिदिनेपनि गरिन्छ ।

यसको मत्लब मेराे गाउँ पुरै प्राङ्गारिक छ भन्ने हाेईन, कसैले जान्दाजान्दै त कसैले नजानेर पनि यदाकदा अाजकल थाेरबहुत बिषादि तथा रासायनिक मल प्रयोग पनि हुने गरेकाे छ ।

अन्त्यमा,प्रत्यकले आफ्नो घरमा भएको डाले घाँस,भुँइ घाँस र अन्य कृषिबाट उत्पादित बाईप्रोटकलाई प्रयोग गर्ने र मल उत्पादन गर्न गाइबस्तु,बाख्रा,कुखुरा तथा माैरि पालेका छन। यसबाट दूध ,घ्यू ,मासु,अण्डा तथा महकाे स्थानीय आबस्यकता स्थानीय स्तरमै पर्ति हुने मात्रनभइ अाफ्नाे ठाउँको प्राङ्गारिक खेतिमा समेत महत्त्वपूर्ण याेगदान गरेकाे छ ।काेराेनाका कारण गाउँमा मान्छे बढेसङ्गै यी सबै कृषि बस्तुहरुको मुल्य वृद्धि मात्रा भएको छैन यसले यकातिर कृषकको आयस्तरमा वृद्धि गरिको छ भने अर्कोतिर युवा जनशक्तिलाई कृषि क्षेत्रमा लाग्न प्रेरित पनि गरिएको छ।

त्रिदेब कोइराला
स्वर्गद्वारी नगरपालिका -६ प्युठान

प्रतिक्रिया दिनुहोस