बाँझो जग्गामा वृक्षरोपण, जहाँ वन त्यहाँ व्यवस्थापन

दाङ :- ‘बाँझो जग्गामा वृक्षरोपण र जहाँ वन त्यहाँ व्यवस्थापन’ नाराका साथ दाङको तुलसीपुर उपमहानगरपालिका ११को उरहरीमा रहेकाे शिवशक्ती सामुदायिक बनमा २८०० बिरुवा बृक्षारोपण गरिएकाे छ।

शिवशक्ती सामुदायिक वनका अध्यक्ष रुपलाल रेग्मी र वडा अध्यक्ष चित्रबहादुर ओलिले वृक्षारोपणको सुरुवात गर्नुभएको हो ।

उक्त कार्यक्रममा बनका उपाध्यक्ष जागेश्वर भन्डारी , सचिब गोपाल आचार्य लगायतका ३०० स्थानिय सहभागी थिए । खयर,मसला र अमला प्रजातीका बिरुवा बृक्षारोपण गरिएको छ।

प्रतिक्रिया दिनुहोस