युथ अफ तुलसीपुर सामाजीक कार्यमा सक्रिय बन्दै

युथ अफ तुलसीपुर नामक अभियान कोरोना महामारी बिच सामाजीक कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ तुलसीपुर क्षेत्रका युवा युवतीद्धारा थालनी गरिएको एक अभियान हो ।

कोरोना महामारीका बेला बिद्युतमा बिल तिर्न जाने सेवाग्रहीको भिडभाड बढि हुने हुँदा त्यहीबाट संक्रमण फैलन सक्ने भएकाले सेवाग्रही बिच सतर्कता अपनाउदै दुरी कायम गराउनमा यस अभियानले ठूलो टेवा पुर्याएको छ ।

अभियानको थालनीमा १४ दिन सम्म निरन्तरता दिने भनिएको थियो । अहिले उनिहरु १४ दिन सम्म पुग्न लागीसकेका छन् । थालानीमा १४ भनिएपनि कोरोना संक्रमण फैलिरहेको अवस्थामा अव के गर्ने भनेर छिट्टै निर्णय लिने युथ लिडर अरुण लहरेले नेपालयन खवरलाई जानकारी दिए ।


अहिले यस अभियानमा २५ भन्दा बढि युवा युवतीहरु जोडिएकाछन् । समुदायमा कोरोना सम्बन्धी बिभिन्न हल्ला फिजिएकाले समुदायमा राम्रो सन्देश प्रावह गर्ने उद्देश्यका साथ उक्त अभियानमा जोडिएका युवा युवतीहरुले सर्ट मुभि समेत निर्माण गरिसकेको र छिट्टै यसलाई सार्वजनिक गर्ने तयारीमा रहेको लहरेले बताए ।

कोरोना महामारी बिच भोक भोकै आफुहरु जोखिम मोलर यसरी सक्रियताका साथ समाजसेवाका काम गरिरहदा पनि तुलसीपुर उपमहानगरबाट कुनै सहयोग नआएकोमा उनले गुनासो गरे ।

प्रतिक्रिया दिनुहोस