ओली निकट नेता किन पुगे प्रचण्डसगँ ?

काठमाडौँ :- पार्टी भित्र विवाद बढीरहेका बेला प्रधानमन्त्री ओली निकटका नेताहरुले अर्का अध्यक्ष प्रचण्डसगँ भेटेर छलफल गरेका छन् ।

बिहान  भएको छलफलमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शंकर पोखरेल, विष्णु रिमाल, सुवास नेम्वाङलगायत सहभागी छन् ।

छलफलमा प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत यो पक्षका केही स्थायी कमिटी सदस्य पनि छ्न ।

आजै स्थायी समितिको बैठक बस्नु अघि यो छलफललाई पार्टी भित्र सहमति खोज्ने एउटा प्रयासको रुपमा हेरिएको छ ।

प्रचण्ड , माधव नेपा, झलनाथ खनाल र वामदेव गौतम सहित महुमत नेताहरु प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबैबाट राजीनामा दिनु पर्ने मागमा रहे पनि ओलीले राजीनामा दिन अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस