तपाईकाे मुस्कान अनि आत्मबिश्वास,तपाईकाे सफलताकाे आधार हाे

काठमाडौं :- मुस्कान एउटा त्यस्ताे धन हाे,जस्ले थाकिसकेका मानिसलाई विश्राम,निरुत्साहिलाई उत्साह,उदासिलाई आशा र दुःख बिरुद्ध प्रकृतिकाे उत्कृस्ट प्रतिराध प्रदान गर्दछ। मुस्कानलाई किन्न पाईदैन,माग्न पनि सकिँदैन,सापटिमा पाईदैन,चाेर्न पनि सकिँदैन किनभने याे नदिएसम्म कसैलाई पनि लाभ पुर्याउन सक्ने काबिलकाे हुदैन।यसले घरमा खुसी पैदा गर्दछ,ब्यापारमा सद्भाब काे बिकास गर्दछ र याे मित्रताकाे हस्ताक्षर हाे।

मुस्कानकाे लागि कुनै ठुलाे धन राषी खर्च गर्नुपर्दैन,परन्तु यसले धेरै सृजना गर्दछ। यसले दातालाई कुनै बेफाईदा नपुर्याईकन प्रापकलाई समृद्ध बनाउदछ।याे क्षणिक हुन्छ तर यसकाे स्मरण लामाे समय सम्म रहन्छ। यसलाई बेवास्ता गर्न सक्ने काेहि त्यस्ताे धनी छैन र काेही त्यस्ताे दुःखी छैन,जसले यसबाट फाईदा लिन नसकेकाे हाेस्। तपाईं जब घर बाहिर जानुहुन्छ तपाईकाे शिर सिधा र साेझाे पार्नुहाेस,निस्फिक्रिकाे सास फेर्नुहाेस र उज्यालाे अनुहार लगाउनुहाेस।साथिहरुलाई मुस्कानपुर्ण अभिबादन गर्नुहाेस र आत्मियतापुर्ण मुस्कान सहित हात मिलाउनुहाेस।गलत रुपले बुझिने हाे कि भनेर नडराउनुहाेस र आफ्नाे शत्रुहरुकाे बारेमा साेचेर एकक्षण पनि समय खेरा नफाल्नुहाेस।आफुले गर्न लागेकाे कुरामा मनलाई स्थिर गर्नुहाेस।त्यसाे भएमा हामी बाटाे नबिराई आफ्नाे सहि गन्तब्यमा पुग्नेछाै।

आफुले गर्न चाहेकाे महान कार्यमा मन लगाउनुहाेस।हेर्दै जानुहाेस,यसले गर्दा एबम् रुपले दिनहरु बित्दै जाने क्रममा तपाईकाे आकांक्षा ले साकार रुप लिन पुगिसकेकाे हुन्छ।आबश्यक र महत्वपुर्ण अबसरहरुमा तपाईकाे हात पुगिसकेकाे तपाईकाे पत्ताे नै हुदैन।जसरी समुन्द्र किनारमा बस्ने किराहरुलाई छालले आबश्यक खानेकुरा पुर्याईरहेकाे हुन्छ।आफ्नाे आदर्श ब्यक्तित्वकाे तस्बिरलाई मनमा स्थिर गरिराख्नुस। मनमा संकलप गरिएकाे यहि बिचारले नै तपाईलाई तपाईकाे आदर्शतिर डाेर्याएर लैजान्छ।बिचार शक्तिमान छ।साहस,प्रष्टता र प्रफुल्लता काे सहि बिचारलाई मनमा धारण गरिराख्नुस।सम्यक चिन्तन एक प्रकारकाे उत्कृष्ट सृजना नै हाे।

तपाईकाे मुस्कान र आत्मबिश्वास तपाईकाे सदिच्छाकाे सन्देशबाहक हाे।तपाईलाई भेट्ने सबैलाई यसले उज्यालाे प्रदान गर्दछ।उदास,क्लेशयुक्त ,रिसाहा र मुर्झाएकाे अनुहार धारण गरेका दर्जनाै ब्यक्तिलाई तपाईकाे मुस्कान बादलकाे बिचबाट चिहाएकाे सुर्य जत्तिकै प्रभाबकारी बन्न सक्दछ।विशेष गरेर आफ्ना हाकिम,ग्राहक,शिक्षक,अभिभाबक अथवा केटाकेटिबाट हैरान भएका ब्यक्तिहरुबाट यस्ता मुस्कानले निरासाबाट मुक्त हुन ठुलाे मद्धत पुर्याउँछ।संसारमा अझै उज्यालाे र उल्लाहास प्रशस्तै बाँकी छ भन्ने बाेध गराउँदछ।

प्रतिक्रिया दिनुहोस