३० कुन्टल चामल छ, विपन्न वर्गमा छाक टार्न समस्या भए वडामा आउनुहोस् : वडा अध्यक्ष के.सी.

तुलसीपुर उपमहानगरपालिका ०८ का वडा अध्यक्ष बेदु के.सी.सक्रियताका साथ काम गर्ने जनप्रतिनिधि हुन् । कोरोना महामारी बिच भएको राहात वितरण कार्यक्रममा वडा वासीहरुलाई समान खालको दृष्ठिकोणले आफुले हेरेको उनको भनाई छ ।

कारोना महामारीका बिच ४९० जना विपन्न वर्गका परिवारलाई राहत वितरण गरिएको र राहत साम्रगीहरु असली पीडितले नै पाएको उनले दाबी गरे । राहत बितरणका बेला कुनै पनि मनोमानी ढङ्गले नभई प्रत्यक टोलका टोल अध्यक्षहरु सँगको सम्वनयमा छनाबिन प्रकियालाई प्राथमीकतामा राखेर राहत सामाग्री गरिबीको चपेटा परेका नगरीकहरुलाई दिईएको उनको भनाई छ ।

आफूबाट कुनैखालका अनियमितता भएको खण्डमा जुनसुकै सजाय पनि स्वीकार्न तयार रहेको अध्यक्ष के.सीको तर्क छ । यदि भुलबस कोहि रहत पाउनु पर्ने व्यक्तिले नपाएको खण्डमा अझै वडामा राहातका सामाग्रीहरु रहेको हुदाँ वडामा आउन अनुरोध गरेकाछन् ।

बिभिन्न निकायबाट प्राप्त राहात सामाग्री आफूहरुसँग रहेकाले वडा नं ०८को सन्दर्भमा कोहि विपन्न वर्गका व्यक्तिहरुमा समस्यामा परेको भए वडामा अझै ३० कुन्टल चामल रहेको बताएका छन् । साथै उनले वडामा राहात बितरणको कार्यक्रममा कुनै पनि खालका बिवाद सृजना नभएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस