को हुन् सुकुम्बासी आयोगको सदस्यमा नियुक्त भएका बस्नेत?

दाङ :- कम्युनिष्ट आन्दोलनका योद्धा शोभाराम बस्नेतलाई सुकुम्बासी आयोगको सदस्यमा नियुक्त गरिएको छ। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं: ११ निबासी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता बस्नेलाई प्रदेश ५ हेर्ने गरि सुकुम्बासी आयोगको सदस्यमा युक्ति गरिएको छ ।

आज तुलसीपुर उपमहानगरपालिका वडा नं: ११ ले बस्नेतलाई बधाई तथा सम्मान गरेको छ। उक्त कार्यक्रममा वडा कमिटी अध्यक्ष लोक जङ्ग शाह,राष्ट्रिय युवा संघका सह-संयोजक माधव बुढाथोकी,नेकपा जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर रावत लगाएतको उपस्थित रहेको थियो । त्यसै अवसरमा बस्नेतले आफुलाई पार्टीले सम्मान गरेकोमा खुशी व्यक्त गर्नु भएको थियो। जनतालाई लालपुर्जा दिन आफू तल्लीन रहेको पनि बताउनु भएको छ।

को हुन शोभाराम बस्नेत?

नाम:-शोभाराम बस्नेत क्षेत्री
ठेगाना:-साविक डुरुवा गा.बि.स हाल तुल्सिपुर उपमहानगरपालिका वडा नम्बर ११
जन्म मिति:-२००६साल
बुबाको नाम:-राम प्रसाद बस्नेत क्षेत्री
आमाको नाम:-कौशीला बस्नेत क्षेत्री
पत्नीको नाम:-गोमा बस्नेत
राजनीतिक यात्रा:-२०२३ साल देखि
नागरिकता नम्बर:-७३८ दाङ
नागरिकता प्राप्त मिति:-२०२९/०८/२५
शैक्षिक योग्यता:-आई.ए पास
१ पत्नी, ४ छोरा,१ छोरी।

राजनीतिक पृष्ठभुमि:
१:- २०२३ सालमा यरिया कमिटी सचीव
२:- २०२६ सालमा दाङ जिल्ला कमिटी सदस्य
३:- २०३१ साल देखि २०३७ साल सम्म भुमिगत भै पार्टीमा काम गरेको
४:- २०३३ सालमा चौथो महाधिवेशनमा दाङ जिल्ला कमिटी सदस्य (मोहन बिक्रम सिंहले नेतृत्व गरेको पार्टी)
५:- २०३४ साल चैत्र ३० गते मोहन बिक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनबाट बिद्रोह गरि संदेश समुहको नेतृत्व गरेको
६:- २०३५ सालमा दाङमा कोके को गठन, क.जिवराज आश्रीतको प्रमुख आतिथ्यतामा,दाङ जिल्ला कमिटीको उपसचिव भै काम गरेको
७:- २०४६ सालमा जिल्ला कमिटी सदस्य भै काम गरेको
८:- माले पार्टी एमालेमा समाहित भए देखि नेकपा एमाले दाङ जिल्ला कमिटी उपसचिव भै काम गरेको
९:- २०६२ सालमा नेकपा एमाले दाङ जिल्ला कमिटी सचिव भएको
१०:- २०६५ सालमा अञ्चल कमिटी सदस्य,कार्यालय सचिव भै काम गरेको
११:- ८औं राष्ट्रिय महाधिवेशन देखि केन्द्रिय सल्लाहकार परिषदको सदस्य भएको।

प्रतिक्रिया दिनुहोस