९५ प्रतिशत किसानको घरमा मल पुर्याएका छौ : मेयर पाण्डे

दाङ :- आज असार १५ धान दिवस । देशभर धान दिवसको अवसरमा विभिन्न कार्यक्रम गरि मनाईएकाछन् । तुलसीपुर उपमहानगरले पनि आज असार १५को अवसरमा अश्वाराको धनोजगनारमा एक कार्यक्रम गरि धान दिवस मनाएको छ ।

असार १५ मै केन्द्रित रहेर आज रेडियो तुलसीपुरको कार्यक्रम समय सन्दर्भमा कुराकानी गर्दै तुलसीपुर उपमहानरपालीकाका नगर प्रमुख घनश्याम पाण्डेले तुलसीपुरको अहिलेको निती तथा कार्यक्रमले कृषीलाई पहिलो प्राथमीकतामा राखेको बताउनुभयो ।

तुलसीपुर उपमहानगर खाद्दन्न उत्पादनमा आत्मनिर्भर रहेको र उपमहानगर मात्र आत्मनिर्भर नभएर अव सिंगो देशलाई पनि बलियो बनाउने तयारीमा रहेको उहाँले बताउनुभयो ।

भुमीको आधारमा जुन ठाउँमा जे उत्पादन हुन सक्छ त्यसलाई बढवा दिने र कृषकहरुलाई प्रोत्साहन गर्दै कृषी पेशामा केन्द्रित गराउन सकिने उहाँले बताउनुभयो ।

यस्तै यसपालि समयमै वर्षा हुदाँ नेपालमा अहिले २० प्रतिशत खोतीमा धान रोपाई सुरु भैसकेको छ । रोपाई खेतमा सुरु हुदै गर्दा कतिपय कृषकहरु मल नपाएका कारण चिन्तामा परेका छन् । यस विषयमा मेयर पाण्डेले लकडाउनका कारण अहिले मल उपलब्ध गराउन नसकेको स्वीकार गर्नु भयो ।

तर उहाँले ९५ प्रतिशत कृषकको घरमा पहिलो चरणको मल बितरण गरिसकेको बताउनुभयो ।कृषिलाई प्राथमिकतामा राख्न तुलसीपुर उपमहानगरले कुनै कसुर बाकीँ नराखेको पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस