राष्ट्रिय धान दिवस ,खानको लागिमात्र होईन निर्यात गर्ने गरि खेतीगरौं – नगरप्रमुख पाण्डे

दाङ :- १७औं राष्टिय धान दिवशका अवसरमा दाङको तुलसीपुर उपमहानगरपालीकाले पनि कार्यक्रम सम्पन्न गरेको छ । उपमहानगरपालीकाको वडा नम्बर ८ अश्वाराको धनोजगनारमा एक कार्यक्रम गरि दिवश मनाईएको हो । नगर प्रमुख घनश्याम पाण्डेले धान रोपेर धान रोपाईको सुभारम्भ गरेका थिए । सो अवसरमा उपप्रमुख माया आचार्य,वडा नम्बर ८ का वडाध्यक्ष बेद बहादुर केसी,वडा नम्बर १८ का वडाध्यक्ष माधव वली,शिक्षक नारायण भट्राई लगायतले धान रोपाईमा सहभागि भएका थिए ।

अमृतपुर कृषि सहकारी संस्थाका अध्यक्ष टेकनाथ कंवरको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख घनश्याम पाण्डेले कृषि उत्पादनको माध्यमबाट आर्थिक रुपमा फट्को मार्न सकिने हुदा यसलाई मुख्य पेशाका रुपमा अघि बढाउनुपर्ने बताएका थिए । ‘हामि आफुलाई पुग्ने गरि मात्रै खेती गर्छौ, अब अन्यत्र समेत निर्यात गर्ने गरि ब्यावसायीक रुपमा अघि बढौ’ं नगर प्रमुख पाण्डेले भने । यसका लागि उपमहानगरले विउ उत्पादन र बाली उत्पादनमा किसानलाई अनुदानको ब्यवस्था मिलाएका छौ । यसका साथै मल र विउको ब्यवस्थापनमा समेत उपमहानरले ध्यान दिएको उनको भनाई थियो ।

उपमहानगरका कृषि शाखा प्रमुख धनराज गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नगर प्रमुखको सचिवालय सदस्य धर्म वलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस