थप ४६३ जनामा कोरोना पुष्टि, डिस्चार्ज हुनेको संख्या ३ हजार नाघ्यो

काठमाडौं  :- नेपालमा आज ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशका विभिन्न २२ प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार थप ४६३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै सङ्क्रमितको कुल संख्या १२ हजार ७ सय ७२ पुगेको छ भने आजै १ सय ७९ जना कोरोना जितेर घर फर्किएका छन् ।

यससँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ३ हजार १३ पुगेको छ । जसमा २ हजार ७ सय ५० पुरुष र २ सय ५५ महिला रहेका छन् ।

प्रतिक्रिया दिनुहोस