तुलसीपुर ०८ बुटनिया मा एम.एन.ओ.को प्रशिक्षण कार्यक्रम सम्पन्न , रोटेपानी देखि बटोलपुर जाने बाटोमा मंगोल चोक बनाउने निर्णय

तुलसीपुर उपमहानगरपालिका ०८ बुटनियामा शनिबार एम.एन.ओ को प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा ५ नम्बर प्रदेशसभा सदस्य घनश्याम चौधरिले कार्यक्रमको प्रशिक्षण दिनु भएको थियो ।उहाँले हिन्दु धर्मले मंगोललाई फुटाएको दावी गर्नुभयो । सत्तामा भएर मंगोललाई सम्बोधन गर्न नसक्ने मंगोलका दुश्मन भएको पनि बताउनुभयो । उहाँले रोटेपानी देखि बटोलपुर जाने चोक लाई अब मंगोल चोक बनाउनु पर्ने अडान राख्नु भयो । सेतो लाई सेतो कालो लाई कालो भन्नू पर्ने पनि उहाले बताउनु भयो ।

उक्त कार्यक्रममा दाङ जिल्ला सचीव प्रितम चौधरीले मंगोल गरिव हुनुको मुल कारण आर्यहरु भएको बताउनु भयो। अब पनि आफ्नो अधिकारको लागि अघि नसर्ने हो भने फेरि पनि मंगोललाई दासत्वमा लैजान सक्ने बताउनु भयो ।

यस्तै सदस्य धरम बहादुर घर्ती मगरले आफुहरु अस्तित्व बिहिन भएको र आर्यहरुको सरकारले नै मंगोललाई अस्तित्व बिहिन बनाएको बताउनु भयो । कानुन मा मुलवासी मंगोल लेखाउनका निम्ति भएपनी अब आफुहरु सत्तामा गएर अफ्नो अस्तित्व लेखाउनका लागि अग्रसर हुनु पर्ने जोड दिनुभयो ।

कार्यक्रममा सदस्य नरबहादुर चौधरीले अब डराएर हैन, अल्झिएर हैन । सशक्त ढंगले अघि बढ्नु पर्ने र हिन्दु धर्मलाई प्रयोग गरेर मंगोललाई सिध्याउन खोजिएकाले हिन्दु धर्मको आफुहरु बिरोधि भएको बताउनु भयो ।

यस्तै सदस्य अन्कित बिश्वकर्माले दलित , जनजातिको कोटाका आधारमा अब मंगोल बिक्न नहुने बताउनु भयो। २१औं शताब्दीमा पनि आएर जात भातको कुरा निकाल्नु झुठ भएको समेत उहाँको ठम्याइ छ ।

सदस्य सुशील चौधरीले चार जात छत्तीस वर्ण बनाएर मङोललाइ फुटाउन खोजेको हुँदा मंगोल सत्तामा नजादा सम्म देश बिकास नहुने बताउनु भयो ।

यस्तै सदस्य धरम चौधरीले संविधानमा मानव अस्तित्व लेखाउनका लागि पनि मंगोललाई सत्तामा जानु पर्ने बताउनु भयो।

सदस्य जगत चौधरीले जात जातीको नाममा आफुहरुलाइ थारु भनेर हेपाहा प्रवृत्तिमा राखिएको र अब आफुहरु जागिसकेको हुँदा आर्यले मंगोललाई गरेको अन्याय पाप धुरी बाट कराउछ भने जस्तै कराएको बताउनुभयो ।

यस्तै कार्यक्रममा सदस्य दुर्गा चौधरी , हिम्मत चौधरी ,निर्मल चौधरी, राजेन्द्र चौधरी , समाजसेवी नरेश जि.एम. लगायतले आफ्नो बिचार राख्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस