मेरो प्यारो देश (गध्य कविता)

काठमाडौं :- राष्ट्रिय पोसाख दिबसमा मात्र दाउरा सुरूवाल लगाउने कस्तो हाम्रो भेस,
असमानता, बेरोजगारि,राजनितिक अस्थिरता, अन्याय र गरिबिले भरिपुर्ण मेरो प्यारो देश।
१८१६ को सुघौलि संधिको ईतिहासलाई पल्टाई हेर्दा विरताको देश,

एकीकरण पश्चात् जङ्ग बहादुरले कोत पर्वमा ३२ जनाको योजनाबद्द हत्या गरेको मानवता विरोदिको केश (case),
सत्ता धारण पश्चात् जङ्ग बहादुरले १९१० को मुलुकी ऐन लिपिबद्द गरि कानुनी रूपमा चलाएको देश,
ऐनमा पनि विभिन्न जातिय,लैङ्गिक तथा असमानता को झल्किन्छ परिवेश।

अधिनायकवादि,विभेदकारि राणा शासन विरूद्द लडाई गरि २००७ सालमा प्रजातन्त्र स्थापना भएको देश,
तर पनि राजतन्त्रिय पृष्ठभुमि अङ्गालन चाहने राजा महेन्द्रले पञ्चायति शासन ल्याएको परिवेश।
पञ्चायति शासन कालमा प्लेन हाईजेक, झापा विद्रोह भए उथल पुथल,
त्यहि उथल पुथल(संघर्ष)ले गर्दा पञ्चायत फालि आयो २०४७ सालको संविधान सकुसल।

२०४७ पछि को समयावधि मा कार्ल माक्सको समाजवादी सिदान्तलाई केन्द्र बनाई भयो क्रान्तिकारि,
०६२/०६३ को आन्दोलनले जरैबाट निर्मुल पार्यो राजतन्त्रिय शासन कठैबरि।
समाजवादको सिदान्तका व्यक्ति पुगे राजनितिक सत्ताभित्र,
त्यस पछि त बन्न थाले डलरका मित्र,
विर्सियछन जनताको संघर्षका कदर,
वाक स्वतन्त्रता,समानता,न्यायका सिदान्त हुन थाले बदर।

०७२ को नेपालको संविधानले दियो मौलिक हक अधिकार ३१,
भएपनि राजनितिक सामाजिक आर्थिक समस्या घटेको सरकारले किन देख्थिस।
मानवियतालाई मनन गरि जनताको भलो सोचि नीति नियम ल्याई कार्यान्वयन गरी विकासको शिखर चढ्ने डोरी कस्न्नु,
हैनभने राणा शासन, राजतन्त्र, प्रजातन्त्र,गणतन्त्र भोगेका जनताले आगामि दिनको निर्वाचनमा भोट हाल्न नआउदा सबै पाटि गुफातिर पस्नु।
आधुनिकिकरन,विस्वव्यापिकरण,सामाजिक सञ्जालको हुन थाल्यो दुरूपयोग,

आफ्नो गोपनियता(माया,ममता,दुख,सुख) सबै थोक देखाउनु पर्दैन हजुर, ज्ञानगुणका कुरा आदान प्रदान गरि गरौ सदुपयोग।
टोपि दिवस,पोसाख दिवस,महिला दिवस…वर्षमा एक दिन होईन सधै कार्यमा ल्याउने गरि हिडौ,
विश्व कहाँ पुगि सक्यो,देश बनाउनु छ युवा हो आफुले आफैलाई चिनौ।
राष्ट्रिय पोसाख दिबसमा मात्र दाउरा सुरूवाल लगाउने कस्तो हाम्रो भेस,
असमानता, बेरोजगारि,राजनितिक अस्थिरता, अन्याय र गरिबिले भरिपुर्ण मेरो प्यारो देश ।

प्रतिक्रिया दिनुहोस