हालसम्म २ हजार ६ सय ५० जनाले जिते कोरोना

काठमाडौं :- हालसम्म कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको छ । विहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बितेको २४ घण्टामा १९ महिला र २ सय ९३ पुरुष गरी ३ सय १२ जना सङ्क्रमित निको भएको जानकारी दिए । यससँगै नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको हो ।

देशका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा नयाँ ४ सय ३४ थप सङ्क्रमित पुष्टि भएको जानकारी दिए । नयाँ सङ्क्रमितमा ४८ जना महिला र ३ सय ८६ जना पुरुष रहेका छन् ।

मन्त्रालयका अनुसार साइकृष्ण आइसोलेसन सेन्टर सप्तरीबाट १५, कोभिड १९ कमाण्ड अस्पताल बलम्बुबाट १, जलेश्वर अस्पताल महोत्तरीबाट २१, दुल्लु अस्पतालबाट ७, गौरीशंकर कलेज रौटहटबाट ८०, अल्पाइन नर्सिंङ इन्स्टिच्युट सर्लाहीबाट ६९, त्रिवि शिक्षण अस्पतालबाट २ र आइसोलेसन सेन्टर बाँके खजुराबाट ६ जना डिस्चार्ज भएका हुन् ।

त्यसैगरी बर्दियाबाट २, आइसोलेसन सेन्टर बनकटुवा बाँकेबाट ३, आइसोलेसन सेन्टर राप्ती सोनारी बाँकेबाट ११, आइसोलेसन सेन्टर पिपरी कोहलपुरुबाट ६, लायन्स डेन्टल आइसोसन सेन्टरबाट ६, प्रादेशिक अस्पताल सुर्खेत र दैलेखबाट १, सुर्खेतबाट ३२, प्रादेशिक अस्पताल जनकपुरबाट ४, सपही आइसोलेसन सेन्टरबाट ४५ र सिरहाबाट १ जना डिस्चार्ज भएका छन् । यससँगै नेपालमा कोरोना सङ्क्रमितको कूल सङ्ख्या ११ हजार १ सय ६२ पुगेको छ ।

हालसम्म कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या २ हजार ६ सय ५० पुगेको छ । बितेको २४ घण्टामा १९ महिला र २ सय ९३ पुरुष गरी ३ सय १२ जना सङ्क्रमित निको भएको पनि गौतमले जानकारी दिए । देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ४३ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्‍न क्‍वारेन्टिनमा ७४ हजार २२ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ४ सय ८६ कोरोना सङ्क्रमितहरु रहेका छन् ।

देशभर रसुवाबाहेकका ७६ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको छ । कोरोना भाइरस (कोभिड-१९) का कारण मृत्यु हुनेको सङ्ख्या २६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस