नागरिक्ता विधेयक – सबै युवाहरूले सोचौं र बुझौं नत्र भविस्य खतरामा हुन्छ : नेता मंडल

काठमाडौं :- सरकारले ल्याएको नागरिकता विधेक बारे कोहि कतै भ्रममा नपरौ !! हामी एक पटक पढौ, सोचौ र बुझौ !

नागरिकता विधेक बिरोध गर्ने नेताहरु आफ्नो व्यक्तिगत फाइदाको लागी सडकमा आन्दोलन गर्छ, जनताको लागी होइन !! यदि जनताको लागी हो भने बेरोजगार बंशज नागरिक लाई शिक्षा, स्वास्थ र रोजगारी दिलाउन सडक आन्दोलन गर्न आउनुस हामी पनि साथ दिन्छु !! अब जनता बुझिसकेको सडकमा आन्दोलन गर्ने नेताहरु सत्ताको लागी मात्र हो !!

उदाहरण हेर्नुस बिगतमा मधेसी जनतालाई भ्रममा पारेर सत्ता पुगेका तत्कालीन समाजवादी र राजपा हाल जसपाको प्रदेश सरकारको बिकास र काम कर्तव्य कस्तो छ !!
धनुषाको जनकपुर उपमहानगर पालिका लगायत अरु पालिकाको हेर्नुस आफैमा झगडा गरेर बिकासको काम रोकेको छ भ्रष्टाचार बढेको छ, कस्तो दुर्भाग्य अवस्था छ !! अब फेरि आन्दोलन गरेर बिकास रोक्ने जनता लाई भ्रममा पार्ने काम गर्न खोज्दैछ त्यसैले नेताहरुको भ्रममा नपर्न सबैलाई हार्दिक अनुरोध छ ! नेपाली नागरिकतामा कडाइ भए हामी सम्पुर्ण बंशज नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई फाइदा हुन्छ !!

नेपाल आफै गरिब देश हो, नागरिकतामा कडाइ नगर्दा देश बिकास हुन सक्दैन !! हाम्रो देशमा बंशज नागरिकले रोजगार पाएका छैन, व्यापार गर्न पाएका छैन, शिक्षा र स्वास्थको सुनिस्चिता छैन !! सानो-सानो रोजगारीका लागी बिदेश जानुपर्छ बिदेश बाट बाकसमा फर्केर आउँछ र पेट पाल्न गाउँ घर बाट देश छेडेर बाहिर जानु पर्ने स्थिति लगायत धेरै समस्या छन !! त्यो देशमा बंशज नागरिक जस्तो बराबर अधिकार अंगिकृत नागरिक लाई दियो भने त्यो देशको बंशज नागरिकको हाल कस्तो हुन्छ ??

त्यसैले हामी पहिला आफ्नो छोराको लागी सोचौ, बुहारीको लागी होइन !! छोरा नरहे बुहारी लाई कहाँ राखौला ?? अंगिकृत लाई सुबिधा दिनु पर्छ तर अधिकार दिने होईन ! सबै बंशजहरु युवाहरू सोचौ र बुझौ नत्र भबिस्य खतरामा हुन्छ !!

६२/६३ आन्दोलन पछि अहिलेसम्म २३ लाख अंगिकृत नागरिकता वितरण भएको छ !!अब पनि पहिला जस्तै जथाभावी नागरिकता वितरण गरे बंशज भन्दा अंगिकृत नागरिक हाबी हुन्छ र देश झन गरिब हुन्छ !!

प्रतिक्रिया दिनुहोस