हजारौंको भीडमा फरक यात्रा

काठमाडौं :- सूचना, प्रविधिको अहिलेको युगमा पत्रकारितामा व्यापक परिवर्तन भई रहेको छ। छापा, रेडियो, टेलिभिजन पत्रकारितादेखि अहिले अनलाइन पत्रकारिताको विकासको गति विब्र छ । आफ्नो हातमाको स्मार्ट फोनले विश्व नियाल्न सक्ने अवस्थामा हामी नागरिक पुगेका छौं ।

यो सूचना विश्वका समस्त लोकबासी समक्ष पुर्‍याउन ‘नेपालयन खबर’ पनि हाजिर भैरहेको छ । हामी सन्तुलित तथा विश्वसनीइ खबर सम्प्रेषण दिने कार्यमा लागि पर्नेछौं । ब्रकिङ खबर दिने हतारोमा अविस्वसनीय खबर दिन काम हामीबाट हुने छैन । सत्य तथ्य खबर दिनका लागि हामी सबै पक्षका बिचमा पुग्नेछौं ।

प्राप्त सूचनालाई खबर बनाइहाल्नमा हामी हतार गर्नेछैनौं । विश्वसनीय र भरपर्दो सूचनाको अन्वेषणपछि ‘नेपालयन खबर ’ बनाउँन हामी तयार हुनेछौं । अरु अनलाइन भन्दा माथि उठेर केही फरक पत्रकारिता गर्ने हाम्रो सोच छ ।
काठमाडौंको नयाँ बानेश्वरबाट नेपालयन खबर मिडिया प्रा.ली. द्धारा सञ्चालित ‘नेपालयन खबर’ समाजमा लुकेर रहेका विषयलाई उजागर गर्ने माध्यम हो । नागरिकलाई क्षणभरको सूचना क्षणभरमै प्राप्त गर्ने खबरभोक जसरी लागेको छ त्यसलाई केही मात्रामा सम्बोधन गर्ने प्रयासमा हाम्रो पनि उपस्थिति हो ।

अनलाइनको भीडमा अर्को सख्ंयामात्र थपिन हाम्रो उद्घोष होइन सहीलाई सही र गलतलाई सही दिशातर्फ लैजान खबरदारी गर्ने सकारात्मक सोच नेपालयन खबरको यात्राको थालनी गरिएको हो । समाज जे देखिन्छ त्यही लेखिन्छ भन्दै हामी हाम्रो पत्रकारितामार्फत समाजलाई सुसभ्य बनाउने कार्यमा लागि बढिरहेका छौँ । देशको कानुन, पत्रकारितालाई आत्मसाथ गर्दै आम नागरिकका चासो, चिन्ता तथा सरोकारका विषयमा उठाउन गर्न लागि पर्नेछौं ।

इन्टरनेटको विकासले गर्दा देश तथा विदेशबाट हाल नेपाली भाषामा झण्डै पाँचहजारको संख्यामा अनलाइनहरु सञ्चालनमा रहेको आँकलन गरिएको छ । यती धेरै संख्यामा रहेका अनलाइनहरु मध्ये नेपालयन खबरको उद्देश्य, लक्ष्य, मिसन र ध्येय फरक छ ।

राष्ट्रियताको सम्वद्र्धधन, आर्थिक सामाजिक रुपान्तरण, उपेक्षित र उत्पीडितहरुका आवाजलाई उच्च प्राथमिकता दिने दीर्घकालिन लक्ष्यसहित नेपालयन खबर वि.सं. २०७६ सालको बैशाखदेखि सञ्चालनमा आएको थियो । यो यात्रामा हामीले आफुलाई अन्य अनलाइन र सञ्चार माध्यामहरु भन्दा फरक र विशिष्ट राख्ने प्रयास गर्यौँ । नेपालमा अनलाइन पत्रकारिताको स्वीकार्यताको दायरालाई फराकिलो बनाउन हामीले पनि त्यसमा धेरथोर योगदान गर्न पाएकोमा गौरवान्दीत बनेका छौँ ।

सुरुको केही समय हाम्रा लागि संघर्षमय बन्नपुग्यो । आवश्यक प्राविधिक, पाठकहरुद्वारा अनलाइनहरुको विश्वसनियता माथि गरिएका प्रश्नहरु, सरकारी नीति, दक्ष जनशक्ती र संस्थागत विकास हाम्रा लागि चुनौतिपूर्ण विषयहरु थिए । यी सबै प्रकारका आरोह अवरोहहरुलाई छिचोल्दै हामी नयाँ संस्करण र अवस्थामा आईपुगेका छौँ । उत्पन्न भएका कतिपय प्राविधिक समस्याहरुलाई समाधान गर्ने प्रयास गरेका छौँ ।

अहिले भएभरका सबै मिडियाको मुख्य लक्ष्य व्यापार अर्थात् नाफा कमाउने नै छ। तर मिडिया नाफा मात्र कमाउने व्यवसाय भने होइन। तर ठूलो खर्च व्यहोर्नु पर्ने व्यवसायिक पाटोका कारण मिडियाका हात त्यसै पनि बाँधिन्छन्। पाठकको सहयोगमा चलेको मिडियाको उदाहरण विदेशमा छ, तर नेपालमा छैन। अहिले झन् इन्डिपेन्डेन्ट मिडियाको खाँचो बढेको छ। अहिले संख्यामा त हामीसँग धेरै अनलाइनहरु छन्। तर हेर्नुस् त, हरेक अनलाइनमा उस्तै समाचार, उस्तै शैली। सोसल मिडियाबाट जानकारी पाइसकेको खबरका लागि हरेक अनलाइनमा छुट्टाछुट्टै गएर क्लिक गर्नुपर्ने आवश्यकतै हुन्न। तर पनि यत्रा अनलाइनहरु चलेकै छन्। त्यसमा विज्ञापनहरु देखिएकै छन्। क्रिटिकल एनालाइसिसहरु र डेप्थ रिपोर्टिङ पढ्नै पाइन्न। समाचारको फरक पाटो कसैले खोज्दै खोज्दैनन्, सतही जानकारीमै अल्झिएका छन् सबै। मिडियाको संख्या धेरै भए पनि धेरै मिडिया बेलाबेलामा चिप्लिने गर्छ।

सत्य र तथ्य समाचार थाहा पाउनु पर्ने पाठकहरुको अधिकारलाई मध्यनजर गर्दै नयाँ अनुसन्धान मुलक तथा जनपक्षिय पत्रकारितालाई आफ्नो पहिलो मिसन बनाउने प्रतिवद्धता व्यक्त गर्दछौँ । यहाँहरुले अहिलेसम्म गर्नु भएको सहयोग र मायाका लागि विषेश आभार प्रकट गर्दै आगामी दिनमा थप साथ र सहयोगको अपेक्षा राख्दछौँ ।

प्रतिक्रिया दिनुहोस