कैलालीको गोदावरीमा थप ३२ जनामा कोरोना पुष्टि

काठमाडौं :- कैलालीको गोदावरी नगरपालिकाका थप ३२ जनालाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।

धनगढीस्थित सेती प्रादेशिक अस्पतालले बुधबार दिउँसो जारी गरेको प्रेस विज्ञप्ति अनुसार थपिएका संक्रमितमध्ये गोदावरी नगरपालिकाका २८ पुरुष र चार महिलामा कोरोना संक्रमण देखिएको हो।

यसअघि गत मंगलबार गोदावरीमा ४४ जनालाई संक्रमण पुष्टि भएको थियो।

यस्तै, लम्कीचुहा नगरपालिकाका २५ जना गरी कैलालीमा ५७ जना संक्रमित थपिएका छन्। विज्ञप्ति अनुसार लम्कीचुहामा थपिएका संक्रमितमध्ये १९ पुरुष र ६ महिला छन्।

यससँगै धनगढीस्थित पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा संक्रमण पुष्टि हुनेको संख्या ६ सय ६२ पुगेको छ।

प्रतिक्रिया दिनुहोस