क्वारेन्टिनमै फेरी अर्का एक युवाले गरे आत्महत्या

काठमाडौं :- भारतदेखि आएर क्वारेन्टिनमा बसिरहेका बझाङका एकजना युवकले क्वारेन्टिनमै आत्महत्या गरेका छन् । छबिस पाथिभेरा गाउँपालिका-७ स्थित विद्यालयको क्वारेन्टिनमा बसेका ३० वर्षीय युवकले आत्महत्या गरेका हुन् ।

विद्यालयको अलग्गै कोठामा बसेका युवक बिहान नउठेपछि ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा फेला परेको गाउँपालिकाका अधयक्ष अक्कल धामीले जानकारी दिए ।

असार ६ गतेदेखि क्वारेन्टिनमा बसेका ती युवक छबिस पाथिभेरा गाउँपालिकाकै बासिन्दा हुन ।

सोमबार आत्महत्या गरेका मृतकको सोही दिनमा नै अन्त्येष्टि गरिएको प्रहरीले जनाएको छ ।

मृतक युवकको स्वाब संकलन गरी पीसीआर जाँचका लागि डडेल्धुरा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस