कोरोना त्रास बीचको हाम्रो समाज

काठमाडौं :- दुनियालाई नै बिषम परिष्थितिमा अवतारित गर्ने महामारी सयौँ वर्षको अन्तरालमा देखिने गरेका छन्। यस्तै २०१९ दिसंवर ३१ वुहान, चीनमा पहिलो पटक देखा परि अहिले सम्ममा २१६ देशलाई चपेटामा पारिसकेको नोभेल कोरोना भाईरसबाट लाग्ने कोभिड(१९ रोगले विश्व महामारीको रूप लिसकेको छ। यो एक नयाँ प्रकारको र राजाको ताज जस्तै आवरण भएको सुक्ष्म भाइरस हो। यसबाट नेपालमा हालसम्म ९,५६१ जना संक्रमित भइसकेका छन्।

मैले मानिसहरूका व्यवहार निहाल्दै आईरहेको छु। मैले उनीहरूको व्यवहारमा भारी भिन्नता बोध गरेको छु। प्रस्ट पार्दै भन्दा मानिसमा जनचेतनाको कमी भनौकी घरमा पटाइ लाग्दो बसाई र दिमाग प्रयोगको कमीले मन्द बुद्धि भएको भनुँ ? मानिसहरू लकडाउनको वेवास्था गर्न थालेको आफ्नै गाउँघरमा, छेउछाउमा देखिराखेको छु। लकडाउन त मान्छेहरूको लागि भेटघाट गर्ने सुनौलो अवसर बन्दै गएको रहेछ। जुवाडे मान्छेहरूलाई त झन तास खेल्न नै सरकारले विदा मिलाइदिएको जस्तो भएको आभास भइरहेको छ। गाउँघरमा मानिसहरू भिडभाड गरिरहेको, जमघट गरेर गफ गरिरहेकोले एक सच्चा नागरिकको मनलाई मर्माहित तुल्याएको छ। आज एउटा व्यक्ति जो शिक्षित छ,उसलाई घरमै बस्नुस् , काम नपरी नहिँड्नुस , तपाईँ जस्तो शिक्षित नागरिकले स्वपालना नगरे अरूले गर्छ तरु भन्दा, आज अन्तिम दिन हिँडेको भन्ने जवाफले त मेरो मननै छियाछिया बनाइदिएको छ।

म उहाँहरूलाई यो प्रश्न सोध्न चहान्छुकी , यो लकडाउन कस्का लागि ? के लकडाउनको अर्थ प्रहरीलाई देखाउनका लागि घरमा बस्नु हो ? प्रहरीले नदेखेको बेलामा कोरोना संक्रमण सम्भव छैन ? के तपाईँले आफ्नो शिक्षादीक्षा पकाएर खाईसक्नुभयो ? तपाईंको कारणले तपाईंको परिवारको सदस्यको , समाजका एक देशभक्त नागरिकको ज्यान गयो भने , त्यसको जीम्मेवारी वहन गर्न सक्नुहुन्छ ? दोष लिएर बाँच्न गाह्रो हुदैँन र ? हो अहिले सरकारले लक डाउन खुकुलो बनाएको छ यसको मत्लब यो हैन कि जतासुकै मन परि हिड्नुस् सरकारले लक डाउन खुकुलो बनाएपनि अाफ्नो ख्याल भने अाफै गर्नुपर्छ र अरुलाई पनि बचाउनु पर्छ।

हो यी प्रश्नहरूको जवाफ तपाईँहरूसँग नहोला र दिनुपर्ने परिस्थितिमा पनि नपुगौँ भन्ने कामना गर्दछु । हो अहिले सरकारले लक डाउन खुकुलो बनाएको छ यसको मत्लब यो हैन कि जतासुकै मन परि हिड्नुस् सरकारले लक डाउन खुकुलो बनाएपनि अाफ्नो ख्याल भने अाफै गर्नुपर्छ र अरुलाई पनि बचाउनु पर्छ।
तर यसको लागि नागरिक आफैँनै जागरूक हुन पर्दछ । केही दिन नहिँड्दैमा मरिँदैन भनेर बुझ्न जरूरी छ , घरमै बसेर व्यायाम गरी आफ्नो शरीरलाई सुदृढ गर्ने समय हो । विश्वमा अहिले सम्म धेरै भाइरसहरुको खोप बन्न सकेका छैनन् त्यस्तै कोरोना भाईरसको खोप बनाउन पनि आजका मितिसम्म हामी असमर्थ रहेकाछौँ ।

एक वर्ष भित्रमा यसको खोप बन्छ भन्ने बिज्ञहरूको भनाइ पशुपतिनाथको कृपाले शिघृ पूरा होस भन्ने कामना गर्दछौं । अहिलेको यस विश्वव्यापि महामारीमा प्रत्येक देशले स्वास्थ सेवाको पूर्ण क्षमतामा प्रयोग गरेका हुन्छन् जसलेगर्दा विरामी संख्यामा थोरै पनि वृद्धि आयो भने धान्नलाई ठाउँनै खाली हुँदैन । हामीले के मिथक सुनेका छौँकी यसको लक्षण सामान्य भएकाले डराउनैपर्दैन तर डराउनपर्दैनको अर्थ यो हैनकी सावधानीको पृष्ठभूमिलाई नै बिर्सेर भिडभाड गर्नु । अरे तपाईंका हुनुहुन्छ जब अमरिका जस्तो सर्वश्रेष्ठ स्वास्थ्य सेवा भएको देश त खलबलिरहेको छ । यसको मृत्यु दर कम भए पनि संक्रमण संख्या निकै धेरै छ र त्यही दरले हिसाब गरेपनि मृत्यु संख्या निकै पुग्दछ त्यो कुरा मानसपटलमा राख्न जरूरी छ र अर्को कुरा यदी कृटिकल केशमा पुग्यो भने मृत्युदर ८० प्रतिशत भन्दा बढी पाइएको छ । त्यसैले हाम्रो देश नेपालका लागि रोकथाम नै सर्वश्रेष्ठ उपाय भएको ठानेका छौं ।विज्ञ डाक्टर रवीन्द्र पाण्डेले कोरोना भाइरसको भ्रम र यर्थातबारे भनेका छन् ।

कोरोना संक्रमणबारे भ्रम र यथार्थता
१: अल्कोहल खाए कोरोना भाइरस सर्दैन भन्ने भनाइ पूर्णतया गलत हो । अल्कोहल कन्टेन्ट ह्याण्ड-वास भनेको रक्सीले हात धुने हैन । स्पिरिट मिसिएको कपासले हात सफा गर्ने हो। कोरोना संक्रमित व्यक्तिले अल्कोहल खाएमा झनै खतरा हुन्छ । २: कोरोना भाइरस घरपालुवा जनाबारबाट सर्दैन ।
३: कोरोना भाइरस हावामा उडेर टाढाको मान्छेलाई सर्दैन । बढीमा ३ मिटरको दुरीमा रहेको कोरोना सं’क्रमण बिरामीले खोकेमा, छ्यु गरेमा ड्रपलेटबाट सर्न सक्छ । बिरामीका सामान तथा बिरामीले छोएको ठाउँ बाट पनि सर्न कोरोना सर्न सक्छ ।
४.:कोरोना सर्दैमा मृत्यु हुँदैन । धेरै जनालाई त कोरोना सरेर आफै निको भएको पनि हुन्छ । १०० जनालाई कोरोना संक्रमण भएमा १\२ जनाको मात्र मृत्यु हुन्छ ।
५: कोरोना संक्रमणले बुढाबुढी र अन्य दीर्घ रोगी सबैको मृत्यु हुने हैन । यो जोखिम समुहले बिशेष ख्याल गर्नुपर्छ। जुनसुकै उमेरको व्यक्तिलाई पनि जोखिम हुनसक्छ ।
६: मास्कले कोरोना संक्रमण रोक्न सक्दैन । सिधै सर्नबाट केहि बचाउने काम भने गर्दछ ।
७:चिनियासंग भेट्दैमा, चिनिया सामान प्रयोग गर्दैमा तथा चाइनिज खाना खाँदैमा कोरोना संक्रमण सर्दैन ।
८: बोर्डर सिल गर्दैमा कोरोना संक्रमण सर्दैन भन्ने ग्यारेन्टी हुँदैन ।
९: कोरोना बियर वा कोरोना व्हिस्की खाएर कोरोना संक्रमण निको हुँदैन । त्यो केवल नाम मात्र मिलेको हो, कोरोना स्कुल जस्तै।
१०: एन्टिबायोटिकले कोरोना भाइरसलाई मार्न सक्दैन । यसको लागि प्राभावकारी एन्टी भाइरल औषधिको आवश्यकता हुन्छ ।
११: कोरोना भाइरस ल्याबमा बिकास गरेको हैन ।
१२.:बाफले हात सुकाएर कोरोना भाइरस मर्दैन ।
१३: शरीरभरी अल्कोहल, क्लोरिन जस्ता केमिकल छार्दैमा कोरोना नसर्ने भन्ने हुँदैन ।
१४:बिश्व बजारमा आएको मिराकल मिनरल वाटर पिएर कोरोनाबाट बचिन्छ भन्ने भ्रम मात्र हो ।
१५: लसुन खाँदैमा कोरोना नसर्ने भन्ने हुँदैन ।

लेखक रेग्मी यातायात व्यवस्था कार्यालय दाङका कर्मचारी हुन् ।

 

प्रतिक्रिया दिनुहोस